शान्ति सिग्देल
धर्ती तलमा जलमग्न हुँदा
सारा वनमा लतिका भरिँदा
कुद्दै कुहिरो हिमशैल चढ्यो
वर्षा ऋतुको जब ओज बढ्यो।
पाखो पहरो अति दिव्य भयो
धर्ती प्रमदासरि लाग्दछ यो
चिर्विर् बचरो गुँडतर्फ गयो
वर्षा ऋतुको जब ओज बढ्यो।
झर्ना सरिता मधुतुल्य बहे
सारै रसिला हरिया वनले
स्वर्गैसरिको मृदु दृश्य छ यो
वर्षा ऋतुको जब ओज बढ्यो।
बेला रसिला सरितासरिका
फुर्ने मधुरा सृजना कविका
पढ्दा रचना मनभित्र गढ्यो
वर्षा ऋतुको जब ओज बढ्यो।
मोती मणिझैँ हिमशैल सुधा
आनन्द दिने ऋतु रम्य हुँदा
आशा भरिलो उपहार जड्यो
वर्षा ऋतुको जब ओज बढ्यो।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…