राजन कार्की पाजु
धरान सुनसरी
“विनोद! जाँउ घाँस काट्न आज जंगल !” आमोदले आग्रह गर्यो।
“जाने भा, जौँ !” विनोदले आमोदको आग्रहलाई नाईनास्ति गरेन।
आमोद र विनोद अत्यन्तै मिल्ने साथी । एउटाको काम पर्दा दुवै सँगै जुट्थे। सँगै हिड्थे, कहिल्यै छुट्टिदैन थिए।
गाउँ घरमा मित्र र मित्रता को कुरा चल्दा सबै आमोद विनोद को उपमा लिने गर्दथे ।
वस्तु बाख्रालाई घाँस लिन दुवै जंगल पुगे , बिच जंगलमा पुगेपछि दुबैको अकस्मात् अगाडि भालु सँग जम्काभेट भयो। उनीहरु दुबै हत्प्रभ भए। आमोद अलि छिटो थियो, ज्यान जोगाऊन विनोदलाई छाडेर हत्तपत्त रुख चढ्यो,विनोदलाई पर्यो फसाद्!!!
विनोद पनि सम्हालिँदै हत्त न पत्त जमिनमा घोप्टो परेर लमतन्न भयो। यतिकैमा भालु नजिकै आइपुग्यो र विनोदको पैताला देखि शिर सम्म सुँघ्यो र छोडेर गयो।
भालु गैसकेपछि आमोद रुखवाट ओर्लेर विनोद लाई उठाउँदै ठट्यौली पारामा भन्यो, ” के हो साथी; भालु कानेखुसी गर्दैथ्यो त के भनेर गयो हँ ?”
आमोदले आफुलाई ओल्चेर वोलेको विनोदलाई अलि मनपरेन , जवाफमा बोल्यो- “आपतमा सहयोग नगर्ने साथीको कहिल्यै भर नपर्नु !”
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/ar/register-person?ref=53551167
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.