Categories: बाल कथा

ढोगीपन


सत्यजीत
ललितपुर

घण्टी बजिसकेको थियो।
उज्ज्वल दौडिँदै विद्यालयको गेटमा पुग्दा प्राचार्यको आवाज गर्जियो- “अनुशासन बिनाको मान्छे जनावर जस्तै हुन्छ!” सबै विद्यार्थीहरू अगाडि, उज्ज्वललाई चौरमा उभ्याइयो। भोक, तिर्खा र अपमानले उसको ओठतालु सुकेजस्तै देखिन्थ्यो।
टिफिनको बेलामा त्यही प्राचार्य क्यान्टिनको कुनामा चुरोट तान्दै हाँसिरहेका थिए। थोरै पर, ट्राफिक प्रहरीले बिहानको भिडभाड सम्झँदै भनिरहेको थियो- “आज फेरि त्यो प्राचार्य साहेबले सिग्नल तोडेर मोटरसाइकल हाँके।”
उज्ज्वल र उसका साथी त्यो कुरा सुनेर हाँसेे।
एउटा साथीले मुस्कुराउदै भन्यो, “हामीलाई अनुशासन पढाउनेहरू आफैँले नियम त तोड्छन्।” उज्ज्वल मौन थियो।
अझैसम्म प्राचार्य चुरोटको धुवाँभित्र हराउँदै थिए।
उज्ज्वलले मनमनै सोच्यो- “अनुशासन त हात्तीको दाँत जस्तो- देखाउने एउटा, चपाउने अर्कै।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

15 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

16 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

16 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago