Categories: बाल कथा

“भोलि”

तुलसी पण्डित

जीवन के हो ? कसरी चल्छ ? चाहना के हो ? कसरी दबिन्छ ?
आज रत्नवीर निकै छक्छकाएको छ । उसको निधारबाट खल्खलि पसिना आइरहेको छ । आफ्ना चाहना कहिले पनि पूरा न हुने भए ।छेऊ मिलाउन खोज्छ बिचमा प्वाल पर्छ । प्वाल टाल्न खोज्छ छेऊमा च्याँतिएको हुन्छ । कतैबाट मेसोमेलो मिलाउन न सक्दा ऊ विगत सम्झन पुग्छ ।


हो रत्नवीर बाबुको एउटै छोरो हो । उसका बाबाले निबेक मजदुरी गरेर उसलाई एम ए सम्म पढाएका थिए । उसले घरमा काम कहिले पनि गर्नु परेन । उसले मागेका सर्वत्र चिज बाबुले पुर्याई दिएका थिए । बनभोज होस् घुम्न जान होस् ।फिलिम हेर्ने होस् उसले पैसा माग्ने बित्तिकै पाई हाल्थ्यो ।
एकदिनको कुरा हो । घरमा आफन्त दाजुको विबाहको निम्तो आयो । जन्त जानु पर्ने । तर जन्त जाने कपडा छैन । रत्नवीरले बाबा सँग गुनासो राख्यो । “बाबा मेरो जन्त जाने राम्रो कपडा छैन । बाबाले रातारात पैसा खोजेर सुठबुठ सहित सबै कपडा ल्याई दिनु भयो । ऊ तिनै कपडा लगाएर जन्त गयो । बाबा पनि जन्त जानुु भयो । तर बाबाको पुरानो सट पाइन्ट र च्याँतिएको चप्पल थियो । ऊ बा सँगै जन्त गयो । बाबा उसको कोट पाइन्ट जुत्ता हेरेर रमाइ रहनु भएको थियो । उसले सोच्यो । “हो बुबाले कहिले पनि गतिला कपडा लगाउनु भएन । झन् जुत्ता त किन्दै किन्नु भएन । आमाका लागि पनि बाबाले प्रशत्त कपडा र गहना किनि दिनु भयो । आमा पनि कतै जानु पर्यो भने ठाँट्टिएर हिड्नु हुन्थ्यो तर बा सधै झुम्रेझाम्रा मानै चित्त बुझाउनु हुन्थ्यो ।
ऊ सोच्थ्यो । किन बाबा सधैं पुराना कपडा लगाउनु हुन्छ ? नयाँ जुत्ता किन लगाउनु हुन्न ? कोट किन किन्नु हुन्न ? किन मीठो खानेकुरा खाने चाहना गर्नु हुन्न ? किन उहाँलाई ठाँट्टिएर हिड्न मन लाग्दैन ? उसले एक दिन बाबा सँग सोध्यो । “बाबा तपाईं किन कहिले पनि जुत्ता लगाउनु हुन्न ? किन सट पाइन्ट नयाँ न किन्नु भएको ? के तपाईलाई राम्रो भएर हिड्न मन लाग्दैन ?” बाबाले हाँस्दै भन्नु भयो । “छोरा तिमीले यो कुरा भोलि थाहा पाउने छौ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

2 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

2 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago