केशवलाल श्रेष्ठ
सुगन्धले मगमगाउने छ एकदिन
देशभरी विश्वभरी
मैले उमारेका फूलहरु
माला बनेर आउने छ एकदिन
तपाईहरुको गला सजिन।
मैले रोपेका फूलहरु
म रहुँ नरहुँ यो दुनियामा
यो सुन्दर बगैँचामा
अझ फूल्ने छ थुप्रै थुप्रै फूलहरु
मैले छोडेको छु साँचेको छु
थुप्रै थुप्रै फूलका बीजहरु।
मलहम पट्टी बनेर आउने छ एकदिन
तपाईँहरुको घाउमा चोटमा
तपाईँलाई सञ्चो नहुँदा
ओखती बनेर आउने छ एकदिन
दुनियादेखि दिक्क लाग्दा
तपाईँलाई मुस्काउन सिकाउँने छ
दुनिया बेरङ्ग लाग्दा
तपाईँलाई रङ्गिन बन्न सिकाउने छ
मैले सुम्सुमाएका फूलहरु
म रहुँ नरहुँ यो दुनियामा।
माया मात्र गरि दिनोस् न एकछिन
पाइताला भरी ओछिन आई दिनेछ
मन मात्र लगाई दिनोस न एकदिन
तपाईँको घर सज्जिन आई दिनेछ
गमलाहरुमा
कोठाहरुमा
बगैंचाहरुमा
मैले सिँचेका फूलहरु
म रहुँ नरहुँ यो दुनियामा।
उसलाई थाहा छ,
उ चुँडिनु भनेको उसको बलिदान हो ।
भगवानको पाऊमा होस् या हाम्रो शिरमा
जन्ममा होस या मृत्यूमा
खुशीमा होस या पीरमा
अन्तिम शेषको लागि होस
या
आफ्नै देशको लागि
हरदम
हर क्षेत्र
बलिदान हुन
लालायित छ
तयार छ
आत्तुर छ।
मैले हुर्काएका फूलहरु
म रहुँ नरहुँ यो दुनियामा
मैले रोपेका फूलहरू
मैले जन्माएका फूलहरू
मैले सिँचेका फूलहरु
मैले सुम्सुमाएका फूलहरु
मैले हुर्काएका फूलहरू।
कृष्णशरण उपाध्याय पौडेल चरी उदासी बचरा उदास छन् अनेक झुप्रा टहरा उदास छन्। उदास लाग्छन्…
शालिकराम सत्याल गाउँको सिरानमा रहेको बूढो बरको रूखमुनि बसेर हरि दाइ एकटकले बाटोतिर हेरिरहेका थिए।…