Categories: कविता

“मैले रोपेका फूलहरु”


केशवलाल श्रेष्ठ

सुगन्धले मगमगाउने छ एकदिन
देशभरी विश्वभरी
मैले उमारेका फूलहरु
माला बनेर आउने छ एकदिन
तपाईहरुको गला सजिन।

मैले रोपेका फूलहरु
म रहुँ नरहुँ यो दुनियामा
यो सुन्दर बगैँचामा
अझ फूल्ने छ थुप्रै थुप्रै फूलहरु
मैले छोडेको छु साँचेको छु
थुप्रै थुप्रै फूलका बीजहरु।

मलहम पट्टी बनेर आउने छ एकदिन
तपाईँहरुको घाउमा चोटमा
तपाईँलाई सञ्चो नहुँदा
ओखती बनेर आउने छ एकदिन
दुनियादेखि दिक्क लाग्दा
तपाईँलाई मुस्काउन सिकाउँने छ
दुनिया बेरङ्ग लाग्दा
तपाईँलाई रङ्गिन बन्न सिकाउने छ
मैले सुम्सुमाएका फूलहरु
म रहुँ नरहुँ यो दुनियामा।

माया मात्र गरि दिनोस् न एकछिन
पाइताला भरी ओछिन आई दिनेछ
मन मात्र लगाई दिनोस न एकदिन
तपाईँको घर सज्जिन आई दिनेछ
गमलाहरुमा
कोठाहरुमा
बगैंचाहरुमा
मैले सिँचेका फूलहरु
म रहुँ नरहुँ यो दुनियामा।

उसलाई थाहा छ,
उ चुँडिनु भनेको उसको बलिदान हो ।
भगवानको पाऊमा होस् या हाम्रो शिरमा
जन्ममा होस या मृत्यूमा
खुशीमा होस या पीरमा
अन्तिम शेषको लागि होस
या
आफ्नै देशको लागि
हरदम
हर क्षेत्र
बलिदान हुन
लालायित छ
तयार छ
आत्तुर छ।

मैले हुर्काएका फूलहरु
म रहुँ नरहुँ यो दुनियामा
मैले रोपेका फूलहरू
मैले जन्माएका फूलहरू
मैले सिँचेका फूलहरु
मैले सुम्सुमाएका फूलहरु
मैले हुर्काएका फूलहरू।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

21 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

22 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

22 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 days ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 days ago