Categories: विविध

कल्पना कि सपना!!


मनोहरी पौडेल
गैडाकोट १

नेपालमा झलमल्ल बत्ती बलिरहेको देखेँ। सडकहरु चिल्ला थिए। छ लेनमा बनेका सडकको दुबै छेउबाट साइकल र मोटरसाइकल गुडीरहेका। बिचको भागमा सुन्दर बगैंचामा हरिया बोटबिरुवा झुलिरहेका थिए। ठाउँ ठाउँमा रङ्गीचङ्गी फूलहरु सजिएका।
गाडीमा हिड्न भन्दा पैदल, अनि साइकलमा आनन्द लिन पाइने । तर एक छिन पनि कुनै जाम नभएको सडकमा हतारमा गाडी कुदाउदा पनि मज्जा आउने! ट्राफिकले दिएको गतिको निर्देशन आफ्नै गाडीमा आँखा सामुन्ने हेरे पछि त कतै अनियन्त्रित नभएको पाएँ। आहा! सडकका छेउ पनि कति सफा थिए।
मनले सोच्यो , फलफूल तरकारी कागज शिशा कता फाल्दा हुन् ? वरपर त कतै देखिन्न। ऊ परतिरबाट एउटा स्ट्याण्ड भ्यान आउदै गरेको , उभिएका मानिसहरु सायद कर्मचारी होलान्, उनीहरुले हत्त न पत्त ती फाल्तुकुरा भ्यानमा राख्दै थिए। हेर्दा हेर्दाहेर्दै तीनवटा भ्यान देखियो । जैविक अजैविक फोहर लैजान तोकिएको ठाउँमा स्ट्यान्ड रहने भरियपछि अर्को। आहा!बगैँचा करेसाका फोहर पनि यति छिटो उठिरहेको थियो । ऊ परतिर एउटाले चकलेट कि के खाएर बोक्रा फालेको , प्रहरीले च्याप्प समातेर लगे। मनमा आनन्द आइरहेको थियो।
सरकारी कार्यालय छिर्ने बित्तिकै नमस्कार गर्दै एउटा कोड नं मागेँ। कम्प्युटर थिचेर मेरा सारा सम्पत्ति ,काम र आयआर्जन भन्दै गए। म त दङ्ग !
एक पैसा अनावश्यक कालो काम गरेर कमाउन नपाउने भएछ। म त खुशीले उफ्रिए।
पूर्वपश्चिम राजमार्ग सँगै रेलमार्ग बनेको एसी सहितको रेल चढ्दा पैसा तर्न के को लोभ ? यस्तै लाग्यो। गरिब र धनी पनि त कति सजिलोसँग छुटिएका नि ! कम्प्युटरमा कोड थिचेर विवरण हेरे पछि हुने। उसको व्यक्ति गत अवस्था, स्वास्थ्य स्थिति जायजेथा हेरेर ऋण दिने नदिने , मिनाहा गर्ने नगर्ने छुट्याएका कर्मचारी कति खुशी थिए। सायद जीवन आनन्द र सुरक्षित चलेर होला।
सबै मान्छे एकनाशका भुक्क पेट नभएका , सर्लक्क जिउ परेका , व्यस्त देखिए आफ्नो कामको मान्छे बाहेक न कसैलाई हेर्छन् न कुरा गर्छन् आहा ! काम त यसरी पो गर्ने। म त खेतबारी हेर्दा पो रमाएँ। खानेकुराहरु खेतबारीमा नै सुरक्षित प्याकिङ गर्ने , अनि वितरण गर्ने। अनि किसान त किसान जस्ता थिएनन्। झुत्रा मैला लुगा थिएनन्। हृष्टपुष्ट थिए। हात खुट्टामा सुरक्षित पञ्जा जुत्ता थिए। पशु पालनका क्षेत्र त कति रहरलाग्दा!
पशुका लागि घाँस दाना मान्छेलाई जस्तै प्याकिङ हुदोरहेछ।
ठाउँ ठाउँमा दूध मासु फलफूल खाद्यान्न सुरक्षित छ छैन जाँचेर हेर्ने गरेको देखे पछि मन ढुक्क भएको थियो। मनले सोच्दै थियो–“कमाएको आधा कर तिरे पनि पछुतो हुन्न।”

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

23 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

24 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 days ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 days ago