मनोहरी पौडेल
गैडाकोट १
नेपालमा झलमल्ल बत्ती बलिरहेको देखेँ। सडकहरु चिल्ला थिए। छ लेनमा बनेका सडकको दुबै छेउबाट साइकल र मोटरसाइकल गुडीरहेका। बिचको भागमा सुन्दर बगैंचामा हरिया बोटबिरुवा झुलिरहेका थिए। ठाउँ ठाउँमा रङ्गीचङ्गी फूलहरु सजिएका।
गाडीमा हिड्न भन्दा पैदल, अनि साइकलमा आनन्द लिन पाइने । तर एक छिन पनि कुनै जाम नभएको सडकमा हतारमा गाडी कुदाउदा पनि मज्जा आउने! ट्राफिकले दिएको गतिको निर्देशन आफ्नै गाडीमा आँखा सामुन्ने हेरे पछि त कतै अनियन्त्रित नभएको पाएँ। आहा! सडकका छेउ पनि कति सफा थिए।
मनले सोच्यो , फलफूल तरकारी कागज शिशा कता फाल्दा हुन् ? वरपर त कतै देखिन्न। ऊ परतिरबाट एउटा स्ट्याण्ड भ्यान आउदै गरेको , उभिएका मानिसहरु सायद कर्मचारी होलान्, उनीहरुले हत्त न पत्त ती फाल्तुकुरा भ्यानमा राख्दै थिए। हेर्दा हेर्दाहेर्दै तीनवटा भ्यान देखियो । जैविक अजैविक फोहर लैजान तोकिएको ठाउँमा स्ट्यान्ड रहने भरियपछि अर्को। आहा!बगैँचा करेसाका फोहर पनि यति छिटो उठिरहेको थियो । ऊ परतिर एउटाले चकलेट कि के खाएर बोक्रा फालेको , प्रहरीले च्याप्प समातेर लगे। मनमा आनन्द आइरहेको थियो।
सरकारी कार्यालय छिर्ने बित्तिकै नमस्कार गर्दै एउटा कोड नं मागेँ। कम्प्युटर थिचेर मेरा सारा सम्पत्ति ,काम र आयआर्जन भन्दै गए। म त दङ्ग !
एक पैसा अनावश्यक कालो काम गरेर कमाउन नपाउने भएछ। म त खुशीले उफ्रिए।
पूर्वपश्चिम राजमार्ग सँगै रेलमार्ग बनेको एसी सहितको रेल चढ्दा पैसा तर्न के को लोभ ? यस्तै लाग्यो। गरिब र धनी पनि त कति सजिलोसँग छुटिएका नि ! कम्प्युटरमा कोड थिचेर विवरण हेरे पछि हुने। उसको व्यक्ति गत अवस्था, स्वास्थ्य स्थिति जायजेथा हेरेर ऋण दिने नदिने , मिनाहा गर्ने नगर्ने छुट्याएका कर्मचारी कति खुशी थिए। सायद जीवन आनन्द र सुरक्षित चलेर होला।
सबै मान्छे एकनाशका भुक्क पेट नभएका , सर्लक्क जिउ परेका , व्यस्त देखिए आफ्नो कामको मान्छे बाहेक न कसैलाई हेर्छन् न कुरा गर्छन् आहा ! काम त यसरी पो गर्ने। म त खेतबारी हेर्दा पो रमाएँ। खानेकुराहरु खेतबारीमा नै सुरक्षित प्याकिङ गर्ने , अनि वितरण गर्ने। अनि किसान त किसान जस्ता थिएनन्। झुत्रा मैला लुगा थिएनन्। हृष्टपुष्ट थिए। हात खुट्टामा सुरक्षित पञ्जा जुत्ता थिए। पशु पालनका क्षेत्र त कति रहरलाग्दा!
पशुका लागि घाँस दाना मान्छेलाई जस्तै प्याकिङ हुदोरहेछ।
ठाउँ ठाउँमा दूध मासु फलफूल खाद्यान्न सुरक्षित छ छैन जाँचेर हेर्ने गरेको देखे पछि मन ढुक्क भएको थियो। मनले सोच्दै थियो–“कमाएको आधा कर तिरे पनि पछुतो हुन्न।”
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.