Categories: बाल कथा

मोबाईल


सुरेशकुमार पाण्डे
दाङ घोराही

“लखा ! पढाई गर्नुछैन बिहानै उठेर मोबाईल हेर्छस्।”- प्रसादले आफ्नो आठ क्लासमा पढ्ने छोरालाई एक झापड लगाए।  समिर जोडसँग खाटबाट तल खस्यो। उसको दाहिने हातमा गुमचोट लाग्यो। उसलाई असहनीय पिढा भयो।  “बाबा ! पढी रहेको त छु ।”- समिर उठ्यो र आफुलाई सम्हाल्दै भन्यो। तर प्रसादलाई रिस उठेको थियो उसले छोराको कुरा  सुनेन। “अँझ झुट बोल्छस् ? मैले आफ्नै आँखाले देखेँ । “- प्रसादले हकार्दै भन्यो। समिरको हात दुखीरहेको थियो। कापी छोप्न सकिरहेको थिएन। ” के भयो प्रसादजी किन बाबुलाई हकार्दै हुनुहुन्छ ? “- त्यहीवेला समिरका प्रअ टुप्लुक्कै आइ पुगे। ” सर ! के भनौँ छोरा नै उस्तै हलौँडो भयो। पढाइ गर्दैन बिहानै मोबाईल लिएर बसेको रैछ। ” समिर बाबु त पढाइमा अब्बल छन् ।”-सरले समिरको प्रशंसा गर्दै भने। ” समिर के सुन्छु मैले तिमीले पढाई गर्दैनौँ मोबाईल मात्र हेर्छौ अरे?”- प्र अ.ले समिरलाई सोधे। ” सरले मोबाइलमा काम दिनुभाको छ त्यही कपिमा उतार्दै थिएँ, सर ! “- उसले मोबाइल सरलाई देखाउँदै भन्यो। ” प्रसादजी हजुरको छोराले मोबाइलमा पठाएको काम कापीमा उतार्दैछन्। हजुरले गलत बुझ्नु भएछ।” -प्रअले काम देखाउँदै भने। “ओहो यो हात केभयो त सुन्निएको छ त ?”- प्रअ.ले समिरको हात सुन्निएको देखेर आश्चार्य प्रकट गरे। “सर मेरो खुट्टा लर्किएर लडेँ। “- समिरले भन्यो। नजिकै प्रसाद उभिएर छोराको कुरा सुनिरहेको थियो। सिमारको त्यो शब्दले उसको मन छोयो। उसका आँखा भिजेका थिए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

10 hours ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

1 day ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

1 day ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago