महेन्द्र मोक्तान, गैरीबास, कालेबुङ
“पढ्न बस्यो कि निन्द्रा झुलिहाल्छ। निकम्मा नै बन्ने रहेछ छोरो। स्कूलमा ध्यान नि पटक्कै दिंदैन रे। वाक्क लागि सक्यो गुनासो आ’कोले।”
प्रत्येक बिहान नै पत्नीकी टोकस छरपस्टिन्छ।
पति चिन्तित बन्छन्। तर प्रतिकार गर्दैनन्।
“एक सुन्दैनन् कति भन्दा नि! प्रत्येक वर्ष झुण्डिएर क्लास चढ्छ। म पनि अब छाडै छोडिदिन्छु। आफैँ सह्माल्नु होस् त्यसलाई!”
सहसा उनले गम्भीर भएर भने, “तिमीले कहिले त्यसको लगाव याद गरकी छ्यौ? लगाव अनुसारको व्यवस्था हाम्रो मूलुकका स्कूलहरूमा हुन सकेको छैन। मात्र पढईको रट लगाई राख्या छ राख्या छ।
” नपढएर, नपढेर अरू विकल्प के छ? पढेको मान्छेको नपच्ने कुरा!”
विच्किएकी उनले प्वाक्कै बोलिन्।
नरम स्वरमा उनले मनोविश्लेषणात्मक सफाई दिए, “त्यसको झुकाव चित्रकलामा छ। आधा पेट खाएर नि सम्बन्धित संस्थानमा भर्ना गर्नु पर्छ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…