Categories: बाल कथा

“झुकाव”

महेन्द्र मोक्तान, गैरीबास, कालेबुङ

“पढ्न बस्यो कि निन्द्रा झुलिहाल्छ। निकम्मा नै बन्ने रहेछ छोरो। स्कूलमा ध्यान नि पटक्कै दिंदैन रे। वाक्क लागि सक्यो गुनासो आ’कोले।”
प्रत्येक बिहान नै पत्नीकी टोकस छरपस्टिन्छ।
पति चिन्तित बन्छन्। तर प्रतिकार गर्दैनन्।
“एक सुन्दैनन् कति भन्दा नि! प्रत्येक वर्ष झुण्डिएर क्लास चढ्छ। म पनि अब छाडै छोडिदिन्छु। आफैँ सह्माल्नु होस् त्यसलाई!”
सहसा उनले गम्भीर भएर भने, “तिमीले कहिले त्यसको लगाव याद गरकी छ्यौ? लगाव अनुसारको व्यवस्था हाम्रो मूलुकका स्कूलहरूमा हुन सकेको छैन। मात्र पढईको रट लगाई राख्या छ राख्या छ।
” नपढएर, नपढेर अरू विकल्प के छ? पढेको मान्छेको नपच्ने कुरा!”
विच्किएकी उनले प्वाक्कै बोलिन्।
नरम स्वरमा उनले मनोविश्लेषणात्मक सफाई दिए, “त्यसको झुकाव चित्रकलामा छ। आधा पेट खाएर नि सम्बन्धित संस्थानमा भर्ना गर्नु पर्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

21 hours ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

21 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

22 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

2 days ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

2 days ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

2 days ago