Categories: बाल कथा

“विश्वास”

तुलसी पण्डित

उसले क्याम्पस पढाउने विचार गर्यो । निवेदन दियो ।परीक्षा भयो । लिखितमा नाम निकाल्यो ।अन्तरवार्तामा क्याम्पसचिफले उसलाई सोधे । “तिम्रो बाबा के काम गर्नु हुन्छ ?”
मेरो बाबा किसानी किसानी काम गर्नुहुन्छ ।”
खै ! हात देखाउ त ? तिमीले बाबालाई कहिल्यै काममा सहयोग गरेका छौ ?”
“अँह मैले उहाँलाई कहिल्यै पनि सहयोग गरिन । उहाँले पनि मलाई यो काम गर भनेर कहिल्यै पनि भन्नु भएन ।”
“ल त्यसो भए तिमी घर जाऊँ । बाबाको हात राम्रो सँग धोएर रुमालले सफा गरि देऊ ।त्यति गरेपछि तिमी भोलि यहाँ आउँ ।”


भक्ते जिल्ल पर्यो । ऊ बेलुका घर गयो । बाल्टिनमा पानी ल्यायो र बाबाको हात धोइ दियो ।जब हात उसले समातेको थियो हात फलाम भन्दा पनि साह्रो रहेछ ।हात भरी फोहरा उठेर पट्पटी फुटेका थिए । अझ ठेला मात्र देखिन्थे ।बाबाको यो अवस्था देखेर ऊ धर्धरी रोयो ।
भोलि पल्ट ऊ क्याम्पस गयो । “मैले भनेको काम पुुरा गर्यौ ?”
” अ सर मैले हजुरले भने झैं काम पूरा गरे । अनि म बेस्कन रोएँ । किन भने बाबाले हामी प्रति कति दुख गर्नु भएको रहेछ भन्ने कुरा हिजो बल्ल थाहा पाए मैले ।” ” बाबाको दुःख सम्झेर मेहनतका साथ पढाउने छौ भन्ने मैले विश्वास लिएको छु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

20 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

21 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago