Categories: कविता

“शिक्षा”


शिव पुन

हाम्रो घर्काे सिक्वा तिर, थियोे एक पाली
चार जना जम्मा भए, माग्थे गुन्द्री खाली
कलि युग मान्छे कस्ता, फटाहा र जाली
अलिकति ढिलाे गरे, मैले खान्थे गाली।

दिन-दिन चार जना, भए त्यहाँ जम्मा
खेल्ने गर्थे तब तास, धेरै बेर सम्म
सबै जना कहाँ जित्थे, काेहि न काेहि हार्थे
हारे पछि उन्ले फेरि, झुटाे आशु झार्थे।

धर्म राज युधिष्ठर, खेल्ने गर्थे तास
हारे उन्ले राजपाट, गए वनबास
सत्य युग बिति सक्यो, त्रेता द्वापर पनि
ढाट्ने छल्ने झुटाे बाेल्ने, कलि युग भनी।

आँखै अघि झुटाे बाेले, मैले सिक्ने किन
सत्य कुरा आफै भित्र, तिमी पनि चिन
त्यस्ताे बाेल्ने झुटाे कुरा, हाेला धेरै ठाम
म त सुध्रे तिमी सुध्र, नसिक त्याे काम।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 minutes ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

23 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

24 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago