नन्दलाल आचार्य
“तँ अब कसको पछाडि लाग्दै छस् ?” आमाको आवाज कठोर थियो।
नवराज मौन रह्यो । पखेटा भाँचिएका चराझैं चुपचाप उभिएको थियो ।
“हिजोसम्म राम्रा साथी थिए, किताबका कुरा गर्थिस् । अब ती बदमाससँग घुम्दैछस् !”
नवराजको आँखा भुइँमा गड्यो । मनमा भने घमाइलो दिनमा देखिएको मौरीको झुन्ड सम्झ्यो- फूलमा लिप्त, मिठास बोकेर उड्ने । तर ऊ ? उसको संगत ?
“म त आफ्नै बाटो हिंड्न खोजेको !” ऊ मुस्कुरायो, तर त्यो मुस्कानमै आंशिक हार लुकेको थियो ।
नवराजले ऐनामा आफैंलाई हेर्यो। भित्र कतै मौरी बन्ने इच्छा थियो, तर बाहिर झिंगाको छायाँ गाढा हुँदै थियो।
“मौरीको संगत गरेको भए रमणीय बगैँचाको विचरण गर्न पाउँथिस् ।” आमाले भित्र पस्दै थपिन्, “झिंगाको संगत गरिस् र फोहोरको डंगुरमा फँसिस् ।”
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…