नन्दलाल आचार्य
“तँ अब कसको पछाडि लाग्दै छस् ?” आमाको आवाज कठोर थियो।
नवराज मौन रह्यो । पखेटा भाँचिएका चराझैं चुपचाप उभिएको थियो ।
“हिजोसम्म राम्रा साथी थिए, किताबका कुरा गर्थिस् । अब ती बदमाससँग घुम्दैछस् !”
नवराजको आँखा भुइँमा गड्यो । मनमा भने घमाइलो दिनमा देखिएको मौरीको झुन्ड सम्झ्यो- फूलमा लिप्त, मिठास बोकेर उड्ने । तर ऊ ? उसको संगत ?
“म त आफ्नै बाटो हिंड्न खोजेको !” ऊ मुस्कुरायो, तर त्यो मुस्कानमै आंशिक हार लुकेको थियो ।
नवराजले ऐनामा आफैंलाई हेर्यो। भित्र कतै मौरी बन्ने इच्छा थियो, तर बाहिर झिंगाको छायाँ गाढा हुँदै थियो।
“मौरीको संगत गरेको भए रमणीय बगैँचाको विचरण गर्न पाउँथिस् ।” आमाले भित्र पस्दै थपिन्, “झिंगाको संगत गरिस् र फोहोरको डंगुरमा फँसिस् ।”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…