Categories: बाल कथा

“साधनाको जन्मदिन”

विष्णु भण्डारी

आज सधनाको जन्मदिन, उनी अरु दिनभन्दा पनि खुसी देखिएकी छिन् आज । संयोगले छुट्टीको दिन पनि परेकोले स्कुल जानु पनि परेन । बिहानै उठेर नुहाइधुआइ गरिन् उनले । उनको जन्मदिनको लागि भनेर बाबाले बुट्टे जामा ल्याइदिनुभएको थियो ,त्यही जामासँग मिल्ने बुट्टे हेयरविन लगाइन् ।

उनका साथीहरु आउँदा उनी चिटिक्क परेर बसेकी थिइन् । केही छिनमा उनका साथीहरु कृष्टिना,सेनु,बबी,कुन्दन,सौजन र उनले निम्ता गरेका धेरै साथीहरु आए । वाहू! बर्डडे गर्ल कति राम्री भकी भनेर अगालो हाले , माया गरे उनलाई ।खुसीले उनकाे खुट्टा भुइँमा रहेन । उनका साथीहरुले उनलाई आफूले बनाएको रङ्गिन चित्र ल्याइदिएका थिए । उनी फुरुङ्ग भइन् । केक काट्ने बेला भयो , टेबुलमा सजाएर राखिएको मैनबत्ती बालिन् ,उनका बाबाआमा,काकाकाकी र उनका सबै परिवार अनि उनका साथीहरुले ह्याप्पी बर्थडे साधना भन्दै रमाउँदै रमाउँदै सबैले ताली बजाए । साधनाले केक काटेर सबैलाई बाँडिन् । सबै साथीहरु मिलेर नाचे ,कसैले गीत गाए,खुबखुब रमाइलो गरे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

8 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

9 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago