Categories: विविध

कुशे औँसी


हेमराज अधिकारी

आज कुशे औँसी। बाबाको मुख हेर्ने दिन।
कुशे औँसीको महत्त्व हिन्दू धर्ममा विशेष रूपमा छ। तर, आजकल गाउँ–घरमा, कुश बोकेर हिंड्ने गुरु–पुरोहित, ज्वाईँ चेला, भान्जा–भान्जी कमै पाइन्छन्।
“बाबाको मुख हेर्ने” भन्नाले बाबाको सुखदुःख हेर्नुपर्ने हो। बाबा हुनेहरूले हेर्लान, नहुनेहरूले दिवंगत आत्मालाई सम्झना गर्लान्। तर, केहि छोराछोरी त कम्मरमा हात राखेर आमाबाबालाई आँखामा आँखा जुधाएर हेरेर बस्छन्,जसलाई म भन्न चाहन्छु, संसारको सबैभन्दा ठूलो सम्पत्ति भनेकै आमाबाबु हुन्। उनीहरूको मन नदुखोस्, सकिन्छ भने सम्मान गर्नुहोस्, अपमान कहिल्यै नगर्नुहोस्। किनकि एकदिन जब उनीहरू हुने छैनन्, तब आकाश च्यातिएर पनि, पाताल भासिएर पनि बोलाउँदा उनीहरूले सुन्ने छैनन्। अनि बाँकी रहन्छ धोका लिएर बाँच्नुपर्ने जिन्दगी!जसलाई कसैले चाहँदैन।मेरा छोराछोरीका उमेरधारी नानीहरुलाई यति भनेँ।
आमाबाबुको तस्वीर संजालमा पोस्ट गरेर लाइक कमेण्ट खोज्नु भन्दा, उनीहरूको दबाई–पानी, चस्माको पावर, लुगाफाटो, दैनिकीमा ध्यान दिनु उपयुक्त हुन्छ।
आज दिनभर मैले मेरा दिवंगत बाबालाई सम्झेँ। टाउकोमा नाम्लो, कम्मरमा पसिनाको पटुका, झोलाभरि परिवारका आवश्यकताहरू बोकेर उकालो–ओरालो गर्ने बाबाको सम्झनाले हृदय छ्यान्द्रा भयो। जमीन राखिदिएका थिए, त्यसैले हामी सुकुम्बासी भएनौं। विरासत जे छ बाबाकै छ, हाम्रो व्यक्तिगत तरक्की होइन। आज माटो छ, बाटो छ, जिन्दगी छ,सबै बाबाकै आशीर्वाद हो। मूर्तिको रूपमा भगवान देखेको छु, तर जीवित भगवान त आमाबाबु नै हुन्।
तर समाजको अपेक्षा आज अचानक बढेको छ। अस्ति भन्दा फरक छ। म कापी–कलमलाई समय दिँदै लेखिरहेको छु। लेखेर के हुन्छ थाहा छैन, नलेख्दा मन मान्दैन। रहर त हो, कहिले अल्मलिन्छ, कहिले रमाउँछ।जीवन यस्तै हो।राजनीतिमा त झन् मित्र पनि हुँदैनन्, शत्रु पनि हुँदैनन्। हाम्रो परम्परामा बाईस दिनमा सुत्केरी चोखिने चलन थियो। मैले रोजेको नयाँ बाटोमा अझै बाईस दिन हुन् बाँकी छ। म त बाईस दिने शिशु भन्दा कान्छो भएर अध्ययन गरिरहेको छु। पुस्तकका पानामा हराउँदा दिनरात पत्तै हुँदैन। पढ्नेहरु कहाँ पुगे, लेख्नेहरु झन् कहाँ पुगे! हामी भने संजालमा मनको विष बमन गर्न रमाउँछौं।
हामी गाउँ–समाजका जिउँदा साहित्यकार चिन्दैनौँ। मूर्ति मात्रै पूजा गर्ने, तस्वीरमा मात्र माल्य चढाउने हाम्रो मानसिकता छ। गाउँका भानुभक्त, मोतीराम, तुलसीरामहरुलाई चिन्न छाडेका छौं। भाषा–संस्कृतिलाई सम्मान गर्न अब गाउँकै आत्मा चिन्नुपर्ने हुन्छ।
कुरा कहाँबाट कहाँ पुग्यो।
तर मलाई थाहा छ, तपाईँले यो पढ्नुहुन्छ, प्रतिक्रिया दिनुहुन्न। संजालको धर्म यस्तै हो।
आज मन कोमल थियो यो साँझ। केहि भनौँ भनेर लेखेँ।
सबैलाई मेरो सप्रेम नमस्कार।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

पहिलो वैशाख

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…

23 hours ago

नयाँ वर्ष

रम्भा पौडेल “आज नयाँ वर्ष २०८३ हो । हरेक नायाँ वर्षले आशा , भरोसा र…

23 hours ago

घुमन्ते जन राउटे

कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…

24 hours ago

“नववर्ष स्वागत”

नववर्ष२०८३को हार्दिक शुभकामना ......... गणेश आत्रेय मदनपोखरा,तानपा-९,पाल्पा थोत्रा पुराना चिज हेय मानिने। नौला नयाँ प्रेय…

2 days ago

“नयाँ वर्ष”

माहेश्वरी भट्ट , कञ्चनपुर नयाँ वर्षको बिहान। रामप्रसादले पसलको सटर आधा खोलेर बाहिर हेर्यो। सहर…

2 days ago

“नयाँ वर्ष”

पुण्यप्रसाद घिमिरे हेर काे पाे, आएछ, हाँसाे खुशी, ल्याएछ। चैतपछि, पुलुक्क, नयाँ वर्ष, झुलुक्क।। पात्राेबाट,…

2 days ago