“आज र भोलि विशेष दिन आदिकवि भानुभक्त र कविता”
मचिन्द्र खत्री
ती भानु बाज्याकन ढोग मेरो
लेख्न्या इनैहून् कविता पँधेरो।
घाँसी र कूवा प्रतिबिम्ब देख्न्या
गोजाघरेका पनि बात लेख्न्या।।१
ई जेल बस्न्या कविता बनाई
लेखेर पीडा सब यो सुनाई।
ई नाच हेर्न्या उपियाँ नचाई
ई तीर हान्या कविता खसाई।।२
तम्रा पुराना अब छैन भाषा
छन् ई सुधार्ने गुरुवर्ग खासा।
बाज्न्या इनैछन् पनि एक एक
कुत्ता बिराला सम छन् उदेक।।३
छन् चित्र तम्रा किन रूप बेग्लै
ई एक उस्तै न त छन् दुरुस्तै।
होलान् कसैले सृजना गरेका
यो चित्रकारी दिलले धरेका।।४
जे हून् सबैमा नतमस्तकै छन्
ई भानु बाज्या रविभक्त नै हून्
लेख्याँ यसैमा कविता बनाई
तम्रो जयन्ती यसरी जनाई।।५
रञ्जुश्री पराजुली कियानलाई धेरै साथीहरु बनाउँन मन लाग्छ । उ नौ बर्षको ग्यानी केटा छ…