Categories: बाल कथा

इन्जिनियर

प्रेम पुन मगर

“तिमी भित्र नजाउ, यता बस।” प्रेमनारायण पण्डितले छोरो उमेशसँग आएका बिर्खबहादुरलाई बाहिर पिडीमा चकटी दिँदै भने।
उमेशले सरासर पण्डितको पुजा कोठामा गएर बत्ति जडान गरिदिए।
उनीहरूलाई बिदा गरेपछि उनका तीन कक्षामा पढ्ने नातिले सोध्यो- “हजुरबुबा त्यो उमेश दादाको बुवालाई किन भित्र पस्न दिनुभएन।”
“त्यो सानो जातको हाम्रो घरमा पसेपछि धर्म नासिन्छ नि बाबू।”
उनको जवाफमा नातिले अर्को प्रश्न गर्यो – ” उनीहरू त बाउ छोरा हुन्। उमेश पस्दा नासिन्न र हजुरबुबा ?”
पण्डित लाज पचाउदै बोले।
“ऊ त इन्जिनियर हो नि बाबु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

3 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago