सृजना ढकाल
सयौँ वर्ष अगाडि, बादर पनि कुकुरजस्तै घरपालुवा जनावर थियो। त्यसबेला गाउँमा मानिस र जनावरहरू सँगै मिलेर बस्थे। प्रत्येक जनावरको आ -आफ्नै बानी थियो। कुकुर ज्ञानी थियो — कसैले केही खानेकुरा दिंदा पुच्छर हल्लाएर धन्यवाद भन्थ्यो, आफू बसेको घरको रक्षा गर्थ्यो, अनि यदि कुनै जंगली जनावर गाउँमा आएको देखेमा भुक्दै गाउँलेलाई खबर गर्थ्यो।
तर बादर भने बदमाश थियो। ऊ सधैं चकचक गर्थ्यो — अरूको घर भत्काइदिने, बारीमा फलेका फलफूल नसोधी चोरेर खाने, बाटोमा हिँड्ने मानिसलाई ढुंगा हान्ने जस्ता दुष्कर्म गर्थ्यो। गाउँलेले उसलाई सुधार्ने धेरै प्रयास गरे। तर जति सिकाए पनि बादरले उपद्रव गर्न छाडेन।
बादरको यस्तो हर्कत देखेर दिक्क भएका गाउँलेहरूले अन्ततः एउटा निर्णय गरे — उसलाई गाउँमा नराखी जंगलमा लगेर छोड्ने। सबै गाउँलेहरू मिलेर बादरलाई जंगलमा लगेर छोडिदिए। त्यसै दिनदेखि बादर जंगलमा बस्न थाल्यो, तर चकचक गर्न भने छाडेन।
आफ्नो खराब बानी सुधार्न नसक्दा बादर जंगलमा पुग्यो, भने राम्रो बानीका कारण कुकुर आज हामी सबैको प्रिय साथी बनेको छ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.info/register-person?ref=IHJUI7TF