तुलसी पण्डित
आजकलका केटाकेटी के भएका हुन् कुन्नि ? खुत्रुकेको चलन पनि हरायो । पहिलेका केटाकेटीहरु खाजा खान दिएका पैसा न मासिकन खुत्रुकेमा जम्मा गर्थे रे । अझ हजुरबाबा भन्नुहुन्थ्यो । ” विभिन्न चाँडबाडमा टिका लगाएर पाएको पैसा उनीहरु खुत्रुकेमा खसाल्थे । उनीहरुको साथी साथी बिचमा होडबाजी चल्थ्यो । कस्ले धेरै पैसा जम्मा गर्ने भनेर ।”
खुत्रुके भरिए पछि फुटाल्थे । त्यो भरीन दुई बर्ष लाग्थ्यो रे । त्यै पैसा ब्याजमा लगाउँथे रे । हजुर बा अझ भन्नुहुन्थ्यो । यसैगरी हामीले पनि खुत्रुके ल्याएर पैसा जम्मा गरिन्थ्यो । यसरी जम्मा भएको पैसाबाट बाख्रा किनेर अधिया पाल्न दिइन्थ्यो । बाख्राबाट भैसी किनिन्थ्यो ।
उफ ! अैले त केटाकेटीहरुले पैसा पाएका हुन्नन् । उत्ति खेरै थन्काउन दोकान पुग्छन् । त्यति मात्र हो र घरमा बनाएका कुनै चिज खान्नन्। दोकानका तयारी चिजमा रमाउँछन् । पैसा माग्छन्। न दिए बन्द हड्ताल गर्न थाल्छन् ।
साँच्चै भन्नु पर्दा हजुरबाले दस रुपयाँ खर्च गर्नु पर्यो भने पचास चोटी सोच्नु हुन्थ्यो। आमा सँग सरसल्लाह गर्नु हुन्थ्यो ।
“हेर बूढी भैसी बेचेर पैसा हात पर्यो अब के गर्ने ?”
“ल मन वीरेले गैरी खेत बेच्ने भनेको छ ।त्यै किनौ ।हामी सँग सगालिएको केही पैसा छ ।फेरि मैले दुईवटा खुत्रुके भरेर राखेको छु । न पुगेको ऋण खोजौ ।”
यसरी हजुर बाले पैसा खर्च न गरि खेत धेरै जोड्नु भयो । त्यस्तै बाले दस रुपयाँ खर्च गर्दा सयपल्ट सोच्नुहुन्थ्यो । जस्ले गर्दा बाबाले भब्य महल बनाउनु भयो ।
“अहिले नाति दस रुपयाँ खर्च गर्नु पर्दा एकपल्ट पनि सोच्दैन । जस्ले गर्दा उसलाई घर ब्यावहार चलाउन निकै समस्या भएको छ ।”
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…