प्रमोद सारंग
जीवनको अन्तिम प्रार्थना
गरिरहेका मान्छेहरू गाउँ पुग्छ्न्
जीवनदेखि थाकेर
अथवा काल कुरेर बसिरहेका मान्छेहरू पनि
गाउँ नै पुग्छन्।
मेसिनसँगको युद्धमा हारेर
बैंसमै बाकसमा फर्केको लास पनि गाउँ नै पुग्छ
शहरबाट संघर्षमा बरालिएका रहरहरू
र , बचेखुँचेको आश पनि गाउँ नै पुग्छ।
के आपत -विपत, महामारी!
के जन्ती, के मलामी ?
टुप्लुक्कै गाउँ नै आइपुग्छन् मान्छेहरू !
गाउँ छोडेर सदाका लागि जानेहरू पनि
यात्राका अनन्त घुम्तीहरू बोकेर
गाउँतिरै फर्किरहेका हुन्छन् ।
हैन, के छ त्यस्तो खजाना
टाढिदै गएको गाउँमा ?
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…