प्रमोद सारंग
जीवनको अन्तिम प्रार्थना
गरिरहेका मान्छेहरू गाउँ पुग्छ्न्
जीवनदेखि थाकेर
अथवा काल कुरेर बसिरहेका मान्छेहरू पनि
गाउँ नै पुग्छन्।
मेसिनसँगको युद्धमा हारेर
बैंसमै बाकसमा फर्केको लास पनि गाउँ नै पुग्छ
शहरबाट संघर्षमा बरालिएका रहरहरू
र , बचेखुँचेको आश पनि गाउँ नै पुग्छ।
के आपत -विपत, महामारी!
के जन्ती, के मलामी ?
टुप्लुक्कै गाउँ नै आइपुग्छन् मान्छेहरू !
गाउँ छोडेर सदाका लागि जानेहरू पनि
यात्राका अनन्त घुम्तीहरू बोकेर
गाउँतिरै फर्किरहेका हुन्छन् ।
हैन, के छ त्यस्तो खजाना
टाढिदै गएको गाउँमा ?
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…