Categories: बाल कथा

“दृश्य”

सत्या अधिकारी
सानेपा

मेरो बिरामीमा आएको सुधार र विद्यायमा देखिएको परिवर्तन उस्तै उस्तै लाग्यो , आज मलाई ।
म स्कुले शिक्षक , बिरामी भएर दुई दिन बिदामा बसेको थिएँ । जब आज म स्कुल पुगेँ , त्यहाँको दृश्य हेर्ने लायकको थियो ।


जहिले ल्याङफ्याङ भएर आउने रमेश सर पुरै ठाँटिएका थिए । विद्यालयको प्रवेशद्वारदेखि माथिसम्म सफा र टिलिक्क थियो। अचम्म लाग्ने कुरा सबै विद्यार्थीहरु पोशाकमा थिए।
के हुँदै छ आज ? कुराको भेउ पाउन सकिनँ ।सरासर शिक्षकहरूको कोठामा गएँ। अरुबेला कहिल्यै समयमा नआउने शिक्षकहरू पनि सबै आएर आ-आफ्ना काममा व्यस्त थिए। खुशी पनि लाग्यो।
के , किन , कसरी ? जिज्ञासा सलबलाइरह्यो ।खुसुक्क एउटी साथीलाई सोधे , “ हैन एकाएक आएको परिवर्तनको राज के हो?।”
उनले आफ्नो कक्षामा जान हतार गर्दै भनिन् ,”आफ्नो कक्षामा छिटै गएर विद्यार्थीहरू सम्भाल्नुस् । अबदेखि हरेक हप्ता महानगरबाट अनुगमन आउने रे ! “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

4 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago