सत्या अधिकारी
सानेपा
मेरो बिरामीमा आएको सुधार र विद्यायमा देखिएको परिवर्तन उस्तै उस्तै लाग्यो , आज मलाई ।
म स्कुले शिक्षक , बिरामी भएर दुई दिन बिदामा बसेको थिएँ । जब आज म स्कुल पुगेँ , त्यहाँको दृश्य हेर्ने लायकको थियो ।
जहिले ल्याङफ्याङ भएर आउने रमेश सर पुरै ठाँटिएका थिए । विद्यालयको प्रवेशद्वारदेखि माथिसम्म सफा र टिलिक्क थियो। अचम्म लाग्ने कुरा सबै विद्यार्थीहरु पोशाकमा थिए।
के हुँदै छ आज ? कुराको भेउ पाउन सकिनँ ।सरासर शिक्षकहरूको कोठामा गएँ। अरुबेला कहिल्यै समयमा नआउने शिक्षकहरू पनि सबै आएर आ-आफ्ना काममा व्यस्त थिए। खुशी पनि लाग्यो।
के , किन , कसरी ? जिज्ञासा सलबलाइरह्यो ।खुसुक्क एउटी साथीलाई सोधे , “ हैन एकाएक आएको परिवर्तनको राज के हो?।”
उनले आफ्नो कक्षामा जान हतार गर्दै भनिन् ,”आफ्नो कक्षामा छिटै गएर विद्यार्थीहरू सम्भाल्नुस् । अबदेखि हरेक हप्ता महानगरबाट अनुगमन आउने रे ! “
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…