Categories: बाल कथा

अमिनाको सपना


बिनोद प्रसाद ढकाल
इनरुवा, सुनसरी

पहाडका बीचमा एउटा सानो गाउँ थियो जहाँ अमिना नामकी युवती बस्दथिन्। गाउँमा धेरै वर्षदेखि अवसरहरू कम थिए र जीवन कठिन थियो। अमिनाको सपना थियो, “यो गाउको परिवर्तन ” त्यसैले उनले आफ्नो घरमै सिलाइ व्यवसाय सुरु गरिन्।
शुरुमा गाउँलेहरूले भने, “यो सानो कामले के फरक पर्छ र?” तर अमिनाले मेहनत गरिन् र राम्रो कपडा तैयार पार्ने कार्य गर्न थालिन । केही महिलालाई काम सिकाइन् र सबै मिलेर सानो सिलाइ पसल चलाउन थाले।
एकदिन एउटा ग्राहकले भने, “तिमीहरूको काम साँच्चै राम्रो छ, हामीले छिमेकी शहरमा पनि बेच्न सक्छौ ” त्यसपछि गाउँ बाहिरबाट पनि अर्डर आउन थाल्यो। अमिनाले नयाँ मेसिन किनिन् र कामदारहरू थपिन्।
गाउँमा खुसीको माहोल फैलियो। बालबालिकाहरूले पढाइमा ध्यान दिन थाले। एकदिन गाउँका बुढाले भने, “अमिना, तिमीले हाम्रो गाउँको भाग्य नै बदलिदिएकी छौ।” गाउँमा नयाँ स्कूल बने र बाटोहरू सुधारिए।
अमिना हाँस्दै भन्थिन्, “यो सफलताको श्रेय गाउँका सबैलाई जान्छ। हामीले सँगै मिलेर यो सम्भव बनायौँ।”
त्यसरी अमिनाको मेहनतले गाउँलाई समृद्धि र गर्वले भरिदियो। सानो गाउँमा ठूलो सफलता सम्भव थियो।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

3 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

3 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago