बिनोद प्रसाद ढकाल
इनरुवा, सुनसरी
पहाडका बीचमा एउटा सानो गाउँ थियो जहाँ अमिना नामकी युवती बस्दथिन्। गाउँमा धेरै वर्षदेखि अवसरहरू कम थिए र जीवन कठिन थियो। अमिनाको सपना थियो, “यो गाउको परिवर्तन ” त्यसैले उनले आफ्नो घरमै सिलाइ व्यवसाय सुरु गरिन्।
शुरुमा गाउँलेहरूले भने, “यो सानो कामले के फरक पर्छ र?” तर अमिनाले मेहनत गरिन् र राम्रो कपडा तैयार पार्ने कार्य गर्न थालिन । केही महिलालाई काम सिकाइन् र सबै मिलेर सानो सिलाइ पसल चलाउन थाले।
एकदिन एउटा ग्राहकले भने, “तिमीहरूको काम साँच्चै राम्रो छ, हामीले छिमेकी शहरमा पनि बेच्न सक्छौ ” त्यसपछि गाउँ बाहिरबाट पनि अर्डर आउन थाल्यो। अमिनाले नयाँ मेसिन किनिन् र कामदारहरू थपिन्।
गाउँमा खुसीको माहोल फैलियो। बालबालिकाहरूले पढाइमा ध्यान दिन थाले। एकदिन गाउँका बुढाले भने, “अमिना, तिमीले हाम्रो गाउँको भाग्य नै बदलिदिएकी छौ।” गाउँमा नयाँ स्कूल बने र बाटोहरू सुधारिए।
अमिना हाँस्दै भन्थिन्, “यो सफलताको श्रेय गाउँका सबैलाई जान्छ। हामीले सँगै मिलेर यो सम्भव बनायौँ।”
त्यसरी अमिनाको मेहनतले गाउँलाई समृद्धि र गर्वले भरिदियो। सानो गाउँमा ठूलो सफलता सम्भव थियो।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…