हरिकृष्ण कोरकाली
जूनमामा माथि छन्
तारा उनका साथी छन्
आजै पर्याे पूर्णिमा
उनी आफै साक्षी छन्
जूनमामा माथि छन् ।
जूनमामा माथि छन्
आऊआऊ भन्दै डाक्तै छन्
पढी गुनी ठुलाे भई
जूनमै पुग्ने हाम्राे मन
जूनमामा माथि छन् ।
जूनमामा माथि छन्
शान्त, सीतल, जाती छन्
बाेटविरुवाका लागि त
अमृतकै भाँती छन्
जूनमामा माथि छन् ।
जूनमामा माथि छन्
हावा छैन जूनमा
पानी छैन जूनमा
हाव पानी पुर्याउने
वैज्ञानिक छन् धुनमा
जूनमामा माथि छन् ।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…