Categories: बाल कथा

कुकर्म

तुलसी पण्डित

स्कूलबाट शिक्षकले छोरो मसिनेलाई घरमा सचेत गर्न खवर पठाए । यो थाहा पाएको बाबु थले मुर्मुरियो । आफ्नो सपनामा आघात भएको सम्झ्यो । उसले बेलुका आएर छोरो मसिनेलाई बोलायो ।
मसिने आएर भन्यो । “किन बाबा ?” “लौ खात चोर स्कूलमा चोरी काम गर्छस् अरे । फेरि सबै साथीहरुलाई कुट्ने पिट्ने गर्छस् अरे ?” बाबाले गालामा हानेको चोट उसले सहन सकेन । ऊ डाको छोडेर रोयो ।
आमा जुनु दौडदै आइन् । “के भो बाबु किन रोएको ?” “बाबाले गालामा बेस्कन पिट्नु भयो भन्दै ऊ झन् डाको छोडेर रुन लाग्यो ।
“आफूले जन्माउनु परे पो माया लाग्थ्यो र । किन पिटेको छोरालाई ?”
” हेर्न यसले स्कूलमा बदमास गर्यो अरे । सरहरुले खवर गरेका थिए ।” “सम्झाउने बुझाउने पो हो यसरी निर्दयी बनेर पिट्ने हो त ? अब आइन्दा यसरी पिटेको थाहा पाए म छोडपत्र गर्नेछु ?”
स्वास्नीको यो धम्कीले थलेको मनोवल गिर्यो । “ल म अब केही गर्ने छैन । छोरोलाई असल मान्छे बनाउँ भै हाल्यो ?”
” मेरो छोरो जस्तो सुकै बनोस् । तलाई केको सरोकार ।” यसरी आमाको माया पाएर मसिनेको आत्मवल बढ्यो । उसका अपराध बढ्दै गए ।
घरमा न पढ्ने । साथीहरुलाई पिट्पाट गर्ने । उसले गरेको कर्तुतको विभिन्न रिपोर्ट घरमा आए । आमा मनुले उनीहरुलाई नै तथानाम गाली गरिन् ।
“कहाँ छ मेरो छोरो त्यस्तो ? कति रिस गरेका हुन् सबैले उसको ।” यस्तो भन्दै जुनुले छोराको ढाकछोप गरिन् । केही समयपछि छोरो प्रहरीको खोरमा जाकिएको खवर आयो । आमाले कारण बुझिन् । छोरो त जग्स खाने र विभिन्न गिरोहको लागि ओसारपसार गर्ने गर्दो रहेछ ।
प्रहरीले भने । अब ऊ यो केशमा जेल पर्ने छ । जुनुले श्रीमान थलेलाई रुदै भनिन् । “ल न छोरालाई प्रहरीबाट छुटाउनु होस् । यो केश माथि गयो भने छोरो जेल पर्छ रे ।”
” हेर यो सबै तिम्रै कुकर्मको फल हो । बढी माया दिएपछि यस्तै हुन्छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

21 hours ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

21 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

22 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

2 days ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

2 days ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

2 days ago