पशुपंक्षी र हाम्रो कर्तव्


कृष्ण

(आज राजु गुलेली लिएर चरा मार्दै पल्लो गाउँसम्म पुगेको थियो। उसले चरा मार्न गुलेली ताकेको देखी एक जना बटुवाले चरालाई हा-हा गरेर उडाइदिए। यहाँ यिनै दुईका बीच कुराकानी हुँदैछ ।)
राजु : तपाईँले किन चरा उडाइदिनुभएको ?
बटुवा : हेर बाबु ! यी चराचुरुङ्गी र जनावरहरू पनि हामीजस्तै हुन् । यिनीहरूका पनि आफ्ना परिवार छन् । यिनीहरूलाई मारेर के पाइन्छ । हामीले यिनीहरूको रक्षा पो गर्नुपर्छ ।
राजु : तपाईले भनेका कुरा कसरी पत्याउनु ! मासु पसलेहरूले कुखुरा, बोका, खसी, राँगा किन काटेका त ? यिनीहरूले पनि पशुपंक्षी नमार्नुपर्ने, होइन र ?
बटुवा : अरूले मार्छन् भनेर आफूले पनि मार्न भएन नि। अर्काले घोडा चढ्यो भनेर आफूले धुरी चढ्न हुन्छ ? पशुपंक्षीलाई मार्ने होइन, यिनीहरूलाई त माया गर्नुपर्छ ।
राजु : दाइ, हामीले मात्र यिनीहरूलाई माया गरेर होला र ?
बटुवा : हामीले नै माया गर्ने त हो नि। हामी मानिसहरू चेतनशील र बुद्धिमान् भनेर चिनिन्छौँ । हामीले नै माया र रक्षा नगरे तिनीहरूलाई कसले गर्छ ? मान्छेहरूले आफ्नो स्वार्थपूर्तिका लागि चराचुरु‌ङ्गीलाई खोर अथवा पिँजडामा पशुहरूलाई घाँटीमा दाम्लाले बाँधेर पाल्छन् ।
राजु : त्यसो भए त हामीले गाई, भैंसी, राँगा, गोरु, खसी, बाखा, हाँस, कुखुरा आदि नपाले पनि त भयो नि, होइन
र ?
बटुवा : त्यसो भनेको होइन बाबु, जसबाट हामी बढी फाइदा लिन्छौँ, त्यसको सेवा पनि गर्नुपर्छ। त्यसको राम्रो हेरचाह गर्नुपर्छ अनि पो त बढी समयसम्म फाइदा लिन सकिन्छ। उदाहरणका लागि भनौँ – हामी गाई-भैंसीबाट दूध लिन्छौँ। यसको अर्थ बाच्छा-बाच्छी अथवा पाडा-पाडीलाई नपुग्ने गरी दूध दुहुनु हुँदैन । हाँस र कुखुराबाट फुल, मासु पाउँछौँ भने त्यसलाई पनि हामीले समय-समयमा दानापानी खुवाउनुपर्छ । त्यस्तै, अन्य पशुहरूको पनि पालन-पोषण र हेरचाह गर्नुपर्छ ।
राजु : त्यसो भए वनजङ्गलका पशुपंक्षीहरूको स्याहार-सुसार कसले गर्छ त ?
बटुवा : ठीक प्रश्न गर्यौ बाबु, वनजङ्गलका पशुपंक्षीहरूलाई प्रकृतिले रक्षा गर्छ तर मान्छेहरू गई दुर्लभ वन्यजन्तुहरूको सिकार गर्ने कारणले धेरै जनावरहरू लोप भइसके । हाम्रा जङ्गलका गैंडा, हात्ती, बाघ, मृग, हरिण, अर्ना, खरायो,कालिज, लुइँचे, मुजुरजस्ता पशुपंक्षीहरू वर्षेपिच्छे घट्दै छन् । त्यसमा पनि मान्छेहरूले जथाभाबी घना जङ्गल फँडानी गर्नाले र डढेलो लगाउनाले यिनीहरूको आश्रयस्थल घट्दै छ । यस्तै वन-विनाश रहिरहने हो भने केही वर्षभित्रै हामी कहाँ कुनै पनि जङ्गली जनावरहरू रहने छैनन् ।
राजु : दाइ, यी पशुपंक्षीहरूको सुरक्षा गर्ने र जोगाउने उपाय छैन त ?
बटुवा : हेर बाबु, सबै कुराको उपाय हुन्छ । यसका लागि जङ्गली जनावरहरूको सिकार गर्नुहुन्न। मानिसहरूले निर्धा र अशक्त पशुपंक्षीहरूलाई दुःख दिनुहुन्न । यिनीहरूको हेरचाह र सुरक्षा गर्नुपर्छ । त्यस्तै, वनजङ्गल भनेको वन्यजन्तुहरूको वासस्थान हो । त्यसको विनाश गर्नुहुन्न । वनको संरक्षण गर्नुपर्छ । पशु र पंक्षी मान्छेका साथी भन्ने भावना लिनुपर्छ । थाहा पायौ ?
राजु : बुझै दाइ, अब म कहिल्यै पनि गुलेलीले चराचुरुङ्गी मार्दिनँ, घरका पशुहरूको पनि राम्ररी हेरचाह गर्छु। ल म अहिले नै यो गुलेली फ्याँकिदिन्छु ।
(राजुले नभन्दै गुलेली फ्याँकिदियो। बटुवाचाहिँ राजुले गुलेली फ्याँकेको देखी मुसुमुसु हाँसे ।)

सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

9 hours ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

9 hours ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

9 hours ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

9 hours ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

1 day ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

1 day ago