पशुपंक्षी र हाम्रो कर्तव्


कृष्ण

(आज राजु गुलेली लिएर चरा मार्दै पल्लो गाउँसम्म पुगेको थियो। उसले चरा मार्न गुलेली ताकेको देखी एक जना बटुवाले चरालाई हा-हा गरेर उडाइदिए। यहाँ यिनै दुईका बीच कुराकानी हुँदैछ ।)
राजु : तपाईँले किन चरा उडाइदिनुभएको ?
बटुवा : हेर बाबु ! यी चराचुरुङ्गी र जनावरहरू पनि हामीजस्तै हुन् । यिनीहरूका पनि आफ्ना परिवार छन् । यिनीहरूलाई मारेर के पाइन्छ । हामीले यिनीहरूको रक्षा पो गर्नुपर्छ ।
राजु : तपाईले भनेका कुरा कसरी पत्याउनु ! मासु पसलेहरूले कुखुरा, बोका, खसी, राँगा किन काटेका त ? यिनीहरूले पनि पशुपंक्षी नमार्नुपर्ने, होइन र ?
बटुवा : अरूले मार्छन् भनेर आफूले पनि मार्न भएन नि। अर्काले घोडा चढ्यो भनेर आफूले धुरी चढ्न हुन्छ ? पशुपंक्षीलाई मार्ने होइन, यिनीहरूलाई त माया गर्नुपर्छ ।
राजु : दाइ, हामीले मात्र यिनीहरूलाई माया गरेर होला र ?
बटुवा : हामीले नै माया गर्ने त हो नि। हामी मानिसहरू चेतनशील र बुद्धिमान् भनेर चिनिन्छौँ । हामीले नै माया र रक्षा नगरे तिनीहरूलाई कसले गर्छ ? मान्छेहरूले आफ्नो स्वार्थपूर्तिका लागि चराचुरु‌ङ्गीलाई खोर अथवा पिँजडामा पशुहरूलाई घाँटीमा दाम्लाले बाँधेर पाल्छन् ।
राजु : त्यसो भए त हामीले गाई, भैंसी, राँगा, गोरु, खसी, बाखा, हाँस, कुखुरा आदि नपाले पनि त भयो नि, होइन
र ?
बटुवा : त्यसो भनेको होइन बाबु, जसबाट हामी बढी फाइदा लिन्छौँ, त्यसको सेवा पनि गर्नुपर्छ। त्यसको राम्रो हेरचाह गर्नुपर्छ अनि पो त बढी समयसम्म फाइदा लिन सकिन्छ। उदाहरणका लागि भनौँ – हामी गाई-भैंसीबाट दूध लिन्छौँ। यसको अर्थ बाच्छा-बाच्छी अथवा पाडा-पाडीलाई नपुग्ने गरी दूध दुहुनु हुँदैन । हाँस र कुखुराबाट फुल, मासु पाउँछौँ भने त्यसलाई पनि हामीले समय-समयमा दानापानी खुवाउनुपर्छ । त्यस्तै, अन्य पशुहरूको पनि पालन-पोषण र हेरचाह गर्नुपर्छ ।
राजु : त्यसो भए वनजङ्गलका पशुपंक्षीहरूको स्याहार-सुसार कसले गर्छ त ?
बटुवा : ठीक प्रश्न गर्यौ बाबु, वनजङ्गलका पशुपंक्षीहरूलाई प्रकृतिले रक्षा गर्छ तर मान्छेहरू गई दुर्लभ वन्यजन्तुहरूको सिकार गर्ने कारणले धेरै जनावरहरू लोप भइसके । हाम्रा जङ्गलका गैंडा, हात्ती, बाघ, मृग, हरिण, अर्ना, खरायो,कालिज, लुइँचे, मुजुरजस्ता पशुपंक्षीहरू वर्षेपिच्छे घट्दै छन् । त्यसमा पनि मान्छेहरूले जथाभाबी घना जङ्गल फँडानी गर्नाले र डढेलो लगाउनाले यिनीहरूको आश्रयस्थल घट्दै छ । यस्तै वन-विनाश रहिरहने हो भने केही वर्षभित्रै हामी कहाँ कुनै पनि जङ्गली जनावरहरू रहने छैनन् ।
राजु : दाइ, यी पशुपंक्षीहरूको सुरक्षा गर्ने र जोगाउने उपाय छैन त ?
बटुवा : हेर बाबु, सबै कुराको उपाय हुन्छ । यसका लागि जङ्गली जनावरहरूको सिकार गर्नुहुन्न। मानिसहरूले निर्धा र अशक्त पशुपंक्षीहरूलाई दुःख दिनुहुन्न । यिनीहरूको हेरचाह र सुरक्षा गर्नुपर्छ । त्यस्तै, वनजङ्गल भनेको वन्यजन्तुहरूको वासस्थान हो । त्यसको विनाश गर्नुहुन्न । वनको संरक्षण गर्नुपर्छ । पशु र पंक्षी मान्छेका साथी भन्ने भावना लिनुपर्छ । थाहा पायौ ?
राजु : बुझै दाइ, अब म कहिल्यै पनि गुलेलीले चराचुरुङ्गी मार्दिनँ, घरका पशुहरूको पनि राम्ररी हेरचाह गर्छु। ल म अहिले नै यो गुलेली फ्याँकिदिन्छु ।
(राजुले नभन्दै गुलेली फ्याँकिदियो। बटुवाचाहिँ राजुले गुलेली फ्याँकेको देखी मुसुमुसु हाँसे ।)

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your enticle matches the content lol. Just kidding, mainly because I had some doubts after reading the enticle.

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

22 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

22 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

22 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

2 days ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

3 days ago