राजु क्षत्री ‘अपुरो ‘
मुग्लान पसेर सदा वर्ष झैं दसैँमा घर आउने भिम बहादुर आफैँ बिरामी परेको खवर आएपछि मनमाया चिन्तित हुन पुगिन् । मुखैमा आएको दसैँले उनलाई थप चिन्त्तित तुल्यायो । नानिहरूलाई जसोतसो एक सरो लुगासम्म सिलाइदिन भ्याइन् तर मासु कसरी खुवाउने भन्ने चिन्ता पर्यो। समाधान गर्न छिमेकीहरूलाई आफ्नो बाध्यता देखाउने क्रममा सिरान घरे साहिलाले आफ्ना पाहुना धेरै आउने भनेर तर्किए । एक दुई जनाले ‘आशा त गरे भर नपरे है ‘भन्ने सम्म झिनो आशा देखाएको हुँदा अष्टमीको दिन सानो थाल लिएर पुगिन् उनी । तर च्याङ्ग्रा महँगो परेको हुँदा आफू पनि अरुसित बोकोमा सहभागी हुन पुगेको बाध्यता देखाएपछि रित्तो हात फर्किइन् । जेठी र माइली त जसोतसो मान्लान् तर कान्छी अलि जिद्दी छे । मासु खान पाइन भने लडिबुडी खेलेर पुरै गाउँ नै उचाल्छे ,यही सोच्दै आउँदै थिइन् ,पाइला टक्क रोकिए ,सोचिन् – बिरेको घरतिर पसुँ मनकारी छन् तर उसकी श्रीमती भोलि गाम गामै भन्दै हिड्छे, प्याच्च वचन लगाइ हाल्छे। तसर्थ उनले मुख फाल्न उचित देखिनन् । पोहर परार कै वचनले पनि मन भरिएको थियो उनको ।
आमाको निन्याउरो मुख देखेर जेठी छोरीले भनिन् – “आमा मासु नपाएको भए यही घरको भाले काटे हुन्न र ?”
“हुन्न हुन्न ,भाले काट्ने होइन बरु त्यो थारो पोथी काटे हुन्छ” – माइलीले भनी।
दिदीहरूको कुरा सुनेर बसेकी दस वर्षिय कान्छीले भनी- “भाले पोथी बेचेर फिस तिर्न परेन ? बाबा आएपछि मासु खाउँला नि।हामीलाई आफ्नै बारीमा फलेको लौका र आलु कै तरकारी पकाएर दिए हुन्छ। दसैँमा मासु खानैपर्छ भन्ने के छ र , ?”
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…