Categories: विविध

पशुपतीनाथको सेरोफेरो


अजित आचार्य
व्यास-९ कलेस्ती, तनहुँ
हाल- मातातीर्थ, काठमाडौं

के के हेरेर आयौ त ?
भर्खर मात्रै एसईईको परीक्षा सकेर काठमाडौं घुम्न आएको नातिलाई हजुरबा अर्थात धनन्जय बाजेले सोधे। नाती अर्थात सिमलले आँफुले देखेको केही दृष्य परिघटनाको बारेमा हजुरबालाई बताउँदै छ।
पशुपतीनाथको मन्दिर वरपर छाडा साँढेहरू रहेछन्। बाँदरहरू रहेछन्। परेवाका बथान रहेछन्। माग्ने मानिसहरू रहेछन्। रमिता हेर्ने मानिसहरू रहेछन्।
अरू पनि केही देख्यौ त त्यहाँ ? हजुरबाले थप जिज्ञासा राखे।
अँ बाग्मतीको धमिलो पानी, लास जलाउँदै गरेको, पारीपट्टी मानिसहरू पुजा गर्दै गरेको देखेँ।
नातिले सम्झँदै बताउँदै छ।
यी सबै दृष्यहरूलाई मिलाएर फरक ढङ्गले व्यक्त गर्न सक्छौ ? हजुरबाले ख्यालख्यालमा नातिको नाडी छाम्ने विचार गरे।
उसले एकछिन सोच्यो। हँसिलो अनुहार बनाएर भन्ने थाल्यो।
मैले पशुपतीनाथको मन्दिर वरपर जे देखेँ, त्यो संसारको एक प्रतिनिधि स्थल हो जहाँ, मानिस, पशुपंछी, एक अर्कामा आश्रित भएर बसेका हुन्छन्। मानिसहरू फरक फरक स्वाभाव र परिवेशका हुन्छन्। सबैको समय र अवसर, दक्षता र क्षमता एकैनासको हुँदैन । मानिसको जीवन कहिले सुख, कहिले दुःखमा घुमिरहन्छ। जीवनको शुरुवात, मध्य र अन्त्य यौटा विश्वासमा चलिरहन्छ। प्रकृतिको काखमा यो सबै चलिरहन्छ।
नातिको वर्णन सुनेर हजुरबा त दंगै परे। उनले नातिको वर्णनमा यस्तो अप्रत्यासित क्षमता पाए जसको कारण अनुमान गर्नै सकेनन्।

सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

14 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

14 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

14 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago