सोनिया श्रेष्ठ
दक्षिणकाली-३
बिहानको अलार्मले उठायो । निद्राले भने रमितालाई अझै बाँधिरहेको थियो। आँखा मिच्दै रमिताले मनमनै भनी
“आज त विद्यालय जानै मन छैन, के गर्ने होला ?” मोबाइल उठाएर सरलाई फोन गरी। “हेलो सर, आज म अलि बिरामी छु, आउन सक्दिनँ।”
फोनको अर्कोपट्टि केही क्षण मौनता छायो। अनि सरको कोमल स्वर आयो– “हुन्छ, आराम गर। स्वस्थ रहनू।”
फोन राखेपछि रमिता बिस्तारै हाँसी। शरीर त ठिकै थियो, तर निद्राले रमितालाई बिरामी बनाइदिएको थियो। बिस्तरामा पल्टिँदै मनलाई सम्झाउदै रमिताले भनी “आज त मैले सरलाई झुक्याएँ।”
थोरै समयपछि उसले सोची,’सरले त सबै बुझ्नुभयो होला, तर नबुझेको झैँ गरेर मलाई आराम गर्न दिनुभयो। त्यो उहाँको स्नेह र विश्वास थियो।’
एकैछिनमा रमितालाई लाग्यो— “विद्यार्थी जीवन भनेको किताब मात्र होइन, सत्यता, अनुशासन र विश्वासको पाठ पनि हो। सरलाई झुक्याएर मैले पढाइ मात्र होइन, विश्वास गुमाउने खतरा मोलेँ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.