Categories: कविता

“फूलको आत्म कथा”

घनश्याम रेग्मी

हावा चलेका पल फर्फराई
बोलाउँछिन् खेल्न उतै मलाई
छन् कर्म मेरा लठिपत्र सारा
वाचा गरेका सब छन् उधारा।

जोत्ने कि खन्ने कपडा धुने कि
जागीर जाऊँ कविता गरूँ कि
टन्टा हजारौं सब घेर्न लाग्छन्
मान्छे हुँ मेरा सपना यहाँ छन्।

धन्दा सकी हुन्छु जहाँ म खाली
सन्ध्या प्रभामा मन डुल्छ खालि
इच्छा हुने पुष्प यिनै नियालूँ
जो हाँस्न सक्छन् मनका सिपालु।

मिल्छन् जसै औसर हेर्न जान्छु
के के छ चाला भन सोध्न थाल्छु
केही नयाँ झार भए तयार
गोड्दै उखेल्ने छु गरी हतार।

माटो र पानी मलको व्यवस्था
कस्तो छ तिम्रो अबको अवस्था
इत्यादि मेरा जब प्रश्न सुन्छिन्
हाँसेर मेरो परिहास गर्छिन्।

सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

42 minutes ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

56 minutes ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

1 hour ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago