Categories: कविता

‘मेरो गाउँ’

रमेश प्रभात
चितवन

मेरो गाउँ सानो छ
कति उच्च छानो छ ।

नारायणी तीरमा
पर्छ मेरो गाउँ यो
हाँसी खुशी बसेर
रमाउने ठाउँ हो ।

छरछिमेक मिलेर
बस्छन् सबै गाउँले
सुख-दु:ख परेमा
टार्छन् मिली सबैले ।

गाउँघर सफा छ
फोहर हामी गर्दैनौँ
सफा गर्नु परेमा
पछि कोही सर्दैनौँ ।

मेरो सानो गाउँमा
तिमी पनि आऊ है
बाबा आमा लिएर
घुमिफिरी जाऊ है ।

मेरो गाउँ सानो छ
कति उच्च छानो छ ।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

16 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

16 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago