रमेश प्रभात
चितवन
मेरो गाउँ सानो छ
कति उच्च छानो छ ।
नारायणी तीरमा
पर्छ मेरो गाउँ यो
हाँसी खुशी बसेर
रमाउने ठाउँ हो ।
छरछिमेक मिलेर
बस्छन् सबै गाउँले
सुख-दु:ख परेमा
टार्छन् मिली सबैले ।
गाउँघर सफा छ
फोहर हामी गर्दैनौँ
सफा गर्नु परेमा
पछि कोही सर्दैनौँ ।
मेरो सानो गाउँमा
तिमी पनि आऊ है
बाबा आमा लिएर
घुमिफिरी जाऊ है ।
मेरो गाउँ सानो छ
कति उच्च छानो छ ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…