Categories: बाल कथा

रहस्य

विवेक शर्मा गौतम
टोखा ३ काठमाडौं

मकै र भट्मासका विरुवाले बारीमा आपसमा कुरा गरिरहेका थिए।
“तिमी कहिले रोपियौ” भनेर मकैले भट्मासलाई सोध्यो । “म पनि तिमी सँग सँगै हो नि बारीमा मलाई छरेको” भट्मासले जवाफ दियो।
मकैको विरुवाले भन्यो “म त दिक्क भईसके यो जीवन देखि !” उसका कुरा सुनेर अचम्म मान्दै भटमासले भन्यो “जीवन दुःखी हुने रहस्य के होला ?”


मकैले भन्यो “आफू पनि पालिनु छ ,मान्छे पनि पाल्नु छ भनेर ।”
भट्मासले भन्यो “म पनि तिमी जस्तै हो । हामीलाई पोषिलो खाना पनि दिँदैनन् । मान्छेहरु विदेश गए । गाई भैसी पाल्न छोडे। खेतबारी रुखा भए । रुखाबारीमा चिहान खनेर हामीलाई गाड्छन्। हामीलाई पालनपोषणको लागि कर्म गर्ने धर्म छोडे। मान्छेको पुनर्जन्म चौरासी हजारमा भए जस्तै हरेक बर्षमा जबरजस्ती हाम्रो पुनर्जन्म हुन्छ ।”
मकैले भटमासका कुरा सुनेर आफ्ना पनि मनका विलौना पोख्यो – “होइन म पनि छु। तिमी मात्र छैनौ पिडामा । नश्लसुधारको नाममा मेरा गुणहरू पनि हराउँदै गए। हामी हजारौँ बिघामा उम्रिन्छौँ तर हाम्रा छोरा छोरी जन्मिनै छोडे । एक पटक जन्मिएपछि अर्कोपटक नजन्मिने गराए। हाम्रो रूपरङ्ग पोटीलो अनुहारबाट बैँसमै चाउरिएको अनुहारमा बदलियो । रोटी र ढिडोको मान्छेका लागिअस्वादिलो परिकार हुँदैछौँ । अहिलेसम्म म मुख्य खाना र तिमी सितन छौ। कसरी पुऱ्याउनु खाना भएभरको बढ्दो जनसंख्यालाई ?”
भट्टमासले भन्यो “अरुबाट के लिन्छन्,दिन्छन्,गर्छन् थाहा छैन। तिमीबाट कार्बोहाइड्रेट म बाट प्रोटिन पाएर त मानिसको जीवन चलेको छ। तिमी र म भएनौँ भने तिनीहरु त भोक भोकै मर्छन् । ठूलो हाहाकार र संकट मच्चिन्छ । सृष्टिको अन्त्य हुन्छ।”
मकैले केहि भन्न खोजे जस्तो थियो तर एक अर्का सँग मुख हेरेर मौन भए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

14 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

14 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

14 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago