Categories: बाल कथा

लुतो फाल्ने दिन


रम्भा पौडेल

“बा ! बा ! उ हेर्नुहोस त के को उज्यालो हो ?“
“खै कता हो ?”
बाले छोरीले बताएतिर हेर्दै भन्नुभयो —“ ए राँका फालेका नी । आज साउने सक्रान्ति हो । खेतिको हिलोमैलो बाट लागेका घाउखटिरा आगोसंगै जाओस् भनेर कामना गर्ने दिन हो । अब खेतमा रोपाई पनि सकियो । खेति गर्दा रोप्दा हात खुट्टाहिलोले खाएर नराम्रो बनाएको हुन्छ । बर्षाको हिलोमैलोले गर्दा शरिरमा घाउखटिरा, लुतो, दाद आदिले सताउँछ । त्यसैले तातोको स्पर्सबाट यसलाई निकोपार्ने र बर्षामासमा आउने किराफट्यांग्रा हटाउन यसो गरिन्छ। अझै कर्णालीमा त सबैका घरकाछतमा आगो बालेर गाउँ नै झलमल बनाउने चलन छ।”
छोरीले सुनिरहिन र फेरी भनिन् —”हेर्नु त बा कतिधेरैे आगो आकासबाट खसेको ? अनि के भनेका बा तिनीहरुले।”
“त्यै मेरो लुतो,खटिरो,रोग लैजा भनेका नि ।आफ्नो शरिरमा भएको लुतो लैजा भनेर आगो फालेपछि लुतो सन्चोहुने विश्वास छ । त्यै भनेका नि । खासमा यो मनोबैज्ञानिक उपचार हो नानी । यसो गर्दा मनमा भएको नकारात्मक उर्जालाई बाहिर फाल्न मद्दत गर्छ । सबै मानिस कामले थाकेका हुन्छन् र तिनीहरुलाई उर्जादिने काम यो पर्वले गर्दछ ।आज काम सकेको खुशीमा मिठा परिकार बनाएर खाने चलन छ । कसैले खिर, कसैले सेलरोटी,कसैले पुरी, अचारजस्ता परिकार बनाएर खाने र शरिरलाई पुष्ट बनाउने काम गरिन्छ।”
“उसो भए खै त हामीले लुतो लैजा भनेको ?”छोरीले प्रश्न गरिन।
“हामी त गाउँमा भएर पनि ऐयासी जीवन जिउछौ नी । आगोको सट्टा ग्यास बाल्ने भएका छौ । दाउरा खोज्न जाँदैनौ । तेरा दाइभाउजु विदेश गइहाले । कसले गर्ने यस्तो काम ।म बुढो भए । आमाले पनि बनजान सक्दिन। ”
छोरीले भनिन्–“म छदै छु नि । म दाउरा खोजेर ल्याउँछु । आगो बालेर हामी पनि फालौ लुतो।”
छोरीले जिद्वि गरिन्।
बाले लुते कटेरी बनाउनु भयो । सबैथरी बिउ त्यो लुतेकटेरीमाा छर्नुभयो । बत्ति बालेर पुजा गर्नु भयो ।
“खै लेउ हामी पनि लुतो फालौंभन्दै बाले एउटा बलेको दाउरो हातमा समाउनुभयो रपारिका कान्छाबालाई बोलाउदै भन्नुभयो “ए कान्छा ! ”
उताबाट कान्छाबाले हजुर भनेपछि “लौ मेरो लुतो लैजाउ है भन्दै आगोको दाउरो फाल्नु भो।”
आमा र छोरी खितिखिति हाँसे । ठुलाघरको दिदिलाई आमाले बोलानु भो । सवै मिलेर हातमा तिउरी लगाउने काम भयो । आमाले तिउरीको बोट थिचेर सबैका हातमा तिउरी लागइदिनुभयो । ठुलो गावाको पातले हात बाँधिदिनुभयो। आमाले भन्नु भो आजबाट नेपाली पर्वहरु शुरु भए । अव तीज पर्व छिटै आउँछ।
भोली बिहान उढदा छोरीको हात रंगिन बनेका थिए । उनले बातिर हात देखाउँदै भनिन् —बा अब एक्लै भएपनि यस्तो मन रमाइलो पार्ने र नकारात्मक उर्जा फाल्ने यो पर्व मनाउँ है । बाले हस भन्दै उज्यालो अनुहार बनाउनु भयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

13 hours ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

13 hours ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

13 hours ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

3 days ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

3 days ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

3 days ago