Categories: विविध

संस्कार


देवीलाल पाण्डे

“केटी हेर्न जाँदा घर होइन, आँगन हेर्नु छोरी होइन, आमा हेर्नु” — संस्कारको मौन पाठ यहीँबाट सुरु हुन्छ।
मान्छे केटी हेर्न जाँदा प्रायः अनुहार, लुगा, बोली र चालढालमै अड्किन्छन्।
तर जीवन त अनुहारसँग होइन, स्वभावसँग बित्छ। र स्वभाव कतै बजारमा किन्न पाइँदैन—त्यो त घरको आँगनमा हुर्किन्छ, आमाको काखमा पलाउँछ।
आँगन घरको आत्मा हो। त्यहाँको सफाइले केवल धुलो देखाउँदैन, त्यहाँको शान्तिले घरको मनस्थिति बोल्छ।
जहाँ आँगन शान्त हुन्छ, त्यहाँ मन पनि शान्त हुन्छ।
र आमा—
आमा त चल्दो विद्यालय हो। छोरीले शब्दभन्दा पहिले आमाको व्यवहार पढ्छे, कानले सुन्नु अघि आमाको आचरण सिक्छे। आमाले जसरी बोल्छिन्, छोरीले त्यही भाषामा भावना व्यक्त गर्छे।
आमाले जसरी सहन्छिन्, छोरीले त्यही धैर्य बोकेर हिँड्छे। छोरीले पनि विवाह त्यही आँखाले हेर्छे।
आमा कठोर छिन् भने छोरीमा कठोरता आउन सक्छ। आमा धैर्यवान छिन् भने छोरीमा सहनशीलता पलाउँछ।
आमा सम्मानित छिन् भने छोरीले सम्मान दिन जान्छे।
किनकि छोरी आमाको प्रतिबिम्ब हुन्छ, र आमा परिवारको संस्कार।
त्यसैले केटी हेर्न जाँदा पहिला आमासँग बस्नु, उनको बोली सुन्नु, उनको आँखामा झल्किएको जीवन बुझ्नु।
त्यहाँ संस्कार देखिन्छ, त्यहाँ परिवार देखिन्छ, त्यहाँ भोलिको बुहारीको मन देखिन्छ।
सुन्दरता समयसँग फिका हुन्छ, तर संस्कार समयसँग अझ गहिरो बन्छ। लुगा फेर्न सकिन्छ, तर स्वभाव सजिलै फेरिँदैन।
यसैले सम्झनु— छोरीलाई हेरेर बिहे होइन, आमालाई बुझेर जीवन रोज्नु।
किनकि जहाँ आमा सुदृढ हुन्छिन्, त्यहाँ छोरी मजबुत हुन्छे।
जहाँ आमा शान्त हुन्छिन्, त्यहाँ घर पनि शान्त हुन्छ।

सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

20 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

20 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

20 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago