Categories: कविता

“कोही न कोही उठौँ”

भगवती प्रासाद शर्मा

छन्द -प्रभात

अन्याय धेरै भयो सपार्न छोरा उठ।
नेपाल रोगी भयो समाल्न छोरी उठ।।
जान्ने र बुझ्ने जुटौँ बुझाइ राम्रो सब।
कोही न कोही उठौँ हुँदैन यस्तो अब।।

गैंती र बेल्चा लिई किसान ज्यामी उठ।
सञ्चारकर्मी सबै विचार बोकी उठ।।
नेपाल नेपाल होस् हुँदैन सिंगापुर।
कोही न कोही उठौँ लिनैँछ आफ्नो भर।।

खोला र नालासँगै हिमाल धेरै थिए।
लाठे युवाले यहाँ विचार आफ्ना दिए।।
नेपाल हाम्रो धनी सदैव बन्ने थियो।
कोही न कोही उठौँ मिलेर बालौँ दियो ।।

यो बुद्धको देश हो सधैँ उज्यालो दिने।
यो शैवको देश हो विषालु खाई दिने।।
आदर्श सीता यहीँ रहेर जोती दिने।
पाखा पखेरा यहीँ खनेर मोती दिने।।

बाँडेर खाने थियौँ गरेर खाने थियौँ।
छाती उठेको थियो इमान राख्ने थियौँ।।
नेपाल यौटा मियो अचेल रुन्चे भयो।
कोही न कोही उठौँ मिलेर बालौँ दियो ।।

आओस् उज्यालो घुमी प्रभाव आफ्नो दिनूँ।
जाओस् अँध्यारो सबै प्रभात ल्याई दिनूँ।।
हाम्रा युवा हो उठौँन त्याग्नु अल्छी थियो।
कोही न कोही उठौँ मिलेर बालौँ दियो ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

21 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

21 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago