Categories: विविध

“झ्यालको एउटा कुना र मेरा अभि शप्त सपनाहरू”


रोजीना घिमिरे

फेरि त्यो स्कुलको घण्टी बज्यो। यो घण्टी मेरो लागि समयको सचूक होइन, मेरो कैदको घोषणा हो। छिमेकीका
छोराछोरीहरू नीलो र सेतो पोसाकमा सजिएर, झोला भिरेर दौडिरहेका छन। उनीहरूका पाइलाको आवाज मेरो
मटुुमा ढ्याङ्ग्रो बजेझैँ बज्छ। तर मेरा यी खुट्टा … यिनीहरू त केवल मासुका चोक्टा हुन जसले मलाई यो
चौघेराभन्दा बाहिर लैजाने हिम्मत कहिल्यै गरेनन। आमा भन्नहुुन्छ— “बाहिर नजा नानी, कसलै देख्यो भने
आँखा  लगाउँछन।” बुवा भन्नहुुन्छ— “यस्तो शरीर लिएर कता जान्छेस? भोलि कसैले केही गरिदियो भने हामीले
कसलाई गहुार्ने?” कस्तो विडम्बना! मेरो सुरक्षाको नाममा मलाई नै जिउँदो लास बनाइएको छ। म छोरी हुँरे,
त्यसमाथि “अपाङ्गता भएकी व्यक्ति ” रे। समाजको नजरमा म एउटा “श्राप” हुँ, अघिल्लो जन्मको “पाप” हुँ। के
पाप र पुण्यको हिसाब किताब मेरै शरीरमा लेखिएको हुनपुर्ने हो र ? मैले लुकाएर राखेको यो अक्षर चिन्न खोज्दा
पनि आमाले खोस्नभु यो। भन्नहुुन्थ्यो— “पढेर के गर्छेस? कसले दिन्छ र तँलाई जागिर ? बरु भगवानको नाम
जप, अर्को जुनी त सप्रिएला।” अर्को जुनी ? मलाई त यही जुनी बाँच्नुछ। मलाई ती अक्षरहरू सुमसुम्याउनुछ,
मलाई ब्रह्माण्डको ज्ञान बटुल्नुछ। मेरो मस्तिष्कमा त विचारको ठूलो सागर छ, तर मेरो शरीरको सीमाले मलाई
खुम्च्याइदिएको छ। मेरो इच्छा केवल हिँड्नुमात्र होइन, मलाई त जान्नुछ— यो संसर कति ठूलो छ ? के त्यहाँ म
जस्तैअरू कोही छैनन ? के सबैको भाग्यमा यस्तै अँध्यारो कोठा मात्र लेखिएको हुन्छ ? कहिले काहीँ लाग्छ, म
मान्छे होइन, एउटा पुरानो दराज हुँ, जसलाई घरको एउटा कुनामा थन्क्याइएको छ। मान्छेहरू आउँछन, मलाई
दयाको नजरले हेर्छन् “विचरी” भन्दै निस्किन्छन। मलाई तिम्रो “विचरी” शब्द सुुन्नु छैन! मलाई त तिम्रो जस्तै
अवसर चाहिएको छ। मलाई दया होइन, अधिकार चाहिएको छ। अन्धविश्वासको पट्टी बाँधेका मेरा
अभिभावकहरूलाई कसले सम्झाइ देला? उहाँहरूलाई डर छ— कसैले मलाई जिस्क्याउला, कसैले मलाई हिँडाउला।
तर के घर भित्रै घुटीमटुी पारेर मार्नु चाहिँ सरुक्षा हो र ? बाहिरको ढुङ्गाभन्दा घरभित्रको यो मौनतालेमलाई बढी
चोट दिइरहेको छ। म महिला हुनु मेरो कमजोरी होइन, तर यो समाजले त्यसलाई मेरो सबैभन्दा ठूलो ‘अयोग्यता’
बनाइ दियो। “छोरी मान्छे, त्यसमाथि अपाङ्गता भएकी व्यक्ति , कसले बिहे गर्ला ? कसलेपाल्ला?”— यही
चिन्तामा उहाँहरूले मेरो वर्तमानको हत्या गरि रहनभुएको छ। मलाई कसैको सहारा बन्नुछैन, मलाई त आफ्नै
खुट्टामा उभिनुछ। मलाई मेरो दिमागको सहाराले संसार जित्नुछ। बाहिर झ्यालबाट देखिने त्यो सिमलको भुवा
उडे झैँ मेरा सपनाहरू पनि हावामै बिलाइरहेका छन आमा भन्नहुुन्छ— “नानी, हामीभन्दा धेरै नबाँचेस हामीभन्दा
पहिल्यै मरेस बरु हामी नै तिम्रो दागबत्ती दिउँला।” यो आशीर्वाद हो कि श्राप ? कुन आमाले आफ्नो सन्तानलाई
आफूभन्दा अघि मरोस् भनेर पुकार्छिन ? तर मेरी आमा पुकार्नु हुन्छ।
उहाँको आँखामा करुणा त छ, तर त्यो करुणा भित्र एउटा भयानक डर लकुेको छ— “हामी मरेपछि यसलाई कसले
हेर्ला ? यसको दिसापिसाब कसले सोहोर्ला ? र कसले यसलाई भातको गाँस मखुमा हालिदेला?” उहाँको ममताले मलाई
जीवन होइन, मृत्युदान मागिरहेको छ। म बाँचिरहनु उहाँहरूका लागि एउटा सकस भएको छ, एउटा कहिल्यै निको
नहुने घाउ भएको छ। मलाई लाग्छ, म यो घरको सदस्य होइन, एउटा जिउँदो लास हुँ, जसको सद्गत गर्न मात्र
बाँकी छ। आमा, मलाई अक्षर चि न्न मन छ। मलाई त्यो स्कुलको सेतो पाटीमा चकले केही कोर्न मन छ। तर तपाईँ
भन्नहुुन्छ— “अक्षर चिनेर के गर्छेस? कसैले तँलाई बिहे गरेर लैजाँदैन, कसलै तँलाई जागिर दिँदैन।” के मेरो
अस्तित्व केवल बिहे र जागिरका लागि मात्रै हो ? के म एउटा मान्छे हुनुको नाताले संसारलाई चिन्न पाउने
अधिकार राख्दि नँ ? तपाईँहरू मलाई “सुरक्षा” को घेराभित्र राख्नहुुन्छ, तर यो सरुक्षा होइन, यो त मेरो आत्माको गला रेट्ने एउटा धारिलो हतियार हो। म छोरी मान्छे हुनुनै यहाँ अपराध मानिन्छ, त्यसमाथि मेरो शरीरको यो
‘अपुर्णताले मलाई अपराधी सावित गरि दिएको छ। समाजका मान्छेहरू मलाई देख्दा बाटो काट्छन, मानौँ मलाई
हेर्दा उनीहरूको साइत बिग्रि न्छ। मलाई लाग्छ, के म साँच्चैयति कुरूप र भयानक छु ? कि मान्छेहरूको सोचाइ नै
कुहिएको छ ? बुवा भन्नहुुन्छ— “कुन जन्मको पापको फल भोग्दैछौँ हामी?” बुवा, यदि यो मेरो पापको फल हो भने,
यसको सजाय मलाई मात्र किन ? तपाईँहरूलाई किन? अनि यदि भगवानले मलाई यस्तै बनाउनु भएको हो भने, के
उहाँ पनि अन्यायी हुनहुुन्छ ? छिमेकीकी बजै आएर भन्नहुुन्छ— “यसलाई त कुनै धामी कहाँ लैजानु पर्छ, कसैको
आँखा लागेको होला।” उहाँहरू मेरो शरीरको उपचार खोज्न हुुन्न, उहाँहरू त अन्धविश्वासको ओखती लाद्न
खोज्नहुुन्छ। मलाई अस्पताल लैजानुको साटो ढ्याङ्ग्रोको तालमा नचाउन खोज्नहुुन्छ। मेरो खट्टा नचले पनि
मेरो मस्तिष्क त चल्छ नि ! मेरो मन त दुख्छ नि ! तर मेरो मनको दुखाइ कसलै देख्दैन। सबै जना केवल मेरो
निष्प्राण खुट्टा र मेरो “अपाङ्गता भएकी व्यक्ति ” को परिचय मात्र देख्छन। मलाई कहिले काहीँ ऐना हेर्न मन
लाग्छ, तर घरमा मेरो अगाडि ऐना राखिदैँन। सायद उहाँहरूलाई लाग्छ, मैले आफ्नै अनहुार देखेँ भने म अझै
निराश हुन्छु। तर म निराश आफ्नो अनहुार देखेर होइन, तपाईँहरूको सोचाइ देखेर हुन्छु। मलाई बाहिरको संसार
देख्न मन छ। मलाई त्यो हिलोमा खेल्न मन छ, मलाई वर्षाको पानीमा भिज्न मन छ। तर मलाई एउटा कोठामा
थुनिएको छ, जहाँ केवल भित्ताका माकुराका जालाहरू मेरा साथी हुन। म ती माकुरालाई हेर्छु— उनीहरू कति
स्वतन्त्र छन। उनीहरू आफ्नो जालो आफैँ बनाउँछन्। उनीहरू जहाँमन लाग्छ त्यहाँ जान्छन। म त त्यो माकुराभन्दा
पनि लाचार भएँ। तपाईँहरू भन्नहुुन्छ, “हामीभन्दा पहिला मरेस। ” तर मलाई बाँच्नु छ बुवा! मलाई यो अपाङ्गता
भएकी व्यक्तिको परिचयलाई चिरेर एउटा नयाँ इतिहास लेख्नुछ। मलाई कसैको दयाको पात्र बन्नुछैन। मलाई
कसैको “बिचरी” भनेको सुन्नु छैन। मलाई त “साहसी” बन्नुछ। तर तपाईँहरूले मेरो पखेटा नै काटिदिनु भयो। मलाई स्कुल पठाउन इन्कार गरेर तपाईँहरूले मेरो भविष्यको आँखा फुटाइ दिनुभयो। म अन्धकारमा छु, तर यो शरीरको अन्धकार होइन, यो त यो समाजको विचारको अन्धकार हो। कति रातहरू म सिरानी भिजाएर रुन्छु। मलाई लाग्छ, यदि म मरेँ भने सायद तपाईँहरूलाई सजिलो होला। तपाईँहरूको काँधबाट एउटा भारी बिसाइएला। तर के म साँच्चै भारी मात्रै हुँ? के मेरो मुस्कानको कुनै मूल्य छैन ? के  मैले बोलेका तोते बोलीहरूले तपाईँहरूलाई कहिल्यै खुशी दिएनन ? समाजको डरले तपाईँहरूले मलाई  लुकाउनु भयो। कसैले केही भन्ला कि , कसैले नराम्रो नजरले हेर्ला कि भन्ने त्रासले मलाई जिउँदै चिहानमा पुर्नुभयो।
ए आकाश! तिमी त सबैका लागि उस्तैछौ नि , हैन? तिमीले त मलाई अपाङ्गता भएकी व्यक्ति भनेर
उज्यालो दिन कन्जुस्याँइ गर्दैनौ। त्यसो भए यी मान्छेहरू किन यति संकीर्ण भएका? किन उनीहरूको विचार यो
कोठाको झ्यालभन्दा पनि सानो छ ? मेरो मनभित्र एउटा ज्वालामुखी  उम्लिरहेको छ। म रुन चाहन्न, म त कराउन
चाहन्छु। म यो मौनतालाई चिर्न चाहन्छु। म भन्न चाहन्छु— “म पनि मान्छे हुँ! मभित्र पनि सपना छन्। मलाई
पनि अक्षरको उज्यालो छुनुछ। मलाई यो विभेदको साङ्लोबाट मुक्त गरिदेऊ!” मलाई अक्षर देऊ बुवा, मलाई एउटा
कलम देऊ। मलाई यो संसारसँग लड्न सिकाऊ, मलाई लुकाउन नसिकाऊ। मलाई मर्नाक लागि आशीर्वाद नदेऊ,
मलाई बाँच्नका लागि साहस देऊ। मेरो शरीर कमजोर होला, तर मेरो सकंल्प हिमालभन्दा पनि अटल हुन सक्छ।
मलाई यो अन्धविश्वासको जालोबाट बाहिर निकाल। मलाई एउटा अवसर देऊ, म देखाउन चाहन्छु कि एउटी
अपाङ्गता भएकी छोरी पनि यो संसारका लागि उज्यालो बन्न सक्छे। मलाई मर्न हतार छैन, मलाई त यो
अन्याय पर्णूर्ण संसारलाई बदल्न हतार छ। तर हाय! मेरा यी शब्दहरू यो कोठाको चौघेराभन्दा बाहिर कहिल्यै
पग्ुदैनन।् म फेरि त्यही झ्यालको कुनामा फर्कन्छु, जहाँबाट स्कुलको घण्टी बजि रहेको छ, र म फेरि एक पटक
मौनतामै मर्दै बाँचिरहेकी छु। कति गहिरो छ यो पीडा, जहाँ आफ्नै जन्मदाताले जीवनको साटो मृत्युको कामना
गर्छन। उनीहरूको संकीर्ण विचारको पर्खाल कति अग्लो छ, जसलाई मेरा यी कमजोर हातहरूले भत्काउन
सक्दैनन। म केवल एक “अपाङ्गता भएकी व्यक्ति ” मात्र होइन, म एउटा सम्भावना हुँ, एउटा आवाज हुँ, एउटा
सपना हुँ। तर यो समाजलेमलाई केवल एउटा समस्या देख्यो। यो कोठा, यो ओछ्यान, यो झ्याल— के मेरो
ब्रह्माण्ड यति नै हो त ? के मेरो अस्तित्वको मूल्य केवल अरूको दयामा टिकेको छ? होइन, मलाई विद्रोह गर्नुछ,
तर मेरो विद्रोह शस्त्रले होइन, शास्त्रले हुनपुर्ने थियो। मलाई अक्षर चिन्नु थियो, मलाई संसार पढ्नु थियो। मेरो यो
कुण्ठा, यो पीडा, यो अपमान— एक दि न यो सबै शब्द बनेर निस्किनेछन, त्यस दिन यो समाजले सुन्न बाध्य
हुनेछ कि एउटी अपाङ्गता भएकी बालिकाको मौनता कति भयानक हुँदो रहेछ। तर अहिलेका लागि , म फेरि त्यही
अन्धकारको साथी बन्छु, जहाँमेरो आँसु पुछिदिने कोही छैन, केवल मेरो आफ्नो छाया बाहेक।

सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 day ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 day ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 day ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 day ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 days ago