Categories: बाल कथा

मने पाठो


रम्भा पौडेल

शिबाम्स ? ए शिबाम्स ? “छिटो घर आउ । के हेरिरहेको ? छिटो आउ।” शान्तिले छोरालाई हर्कार्दै भनिन्। “पखनु न। एक छिन । एैले आउछु के ।” शिबाम्सले जबाफ फर्कायो।
छिमेकीकोमा काट्दै गरेको खसीको दृश्य हेरिरहेको शिबाम्सले मनमनै भन्यो —“यो त हाम्रो घरको मने जस्तै छ । ”उसले नियालेर हेरिरहयो । खसीको टाउको काटने बेला उसले आँखा चिम्म गरयो।
उता आमाले फेरि हर्कादै भनिन् । “शिबाम्स कति नटेरेको हो ? घर आउ छिटो । सानो मान्छेले खसी काटेको हेर्ने होइन।” आमा कराए पछि “आए के आए ” भन्दै शिबाम्स घर फर्कियो । “आफनै घरको आगनमा खेल न तिमी। किन गएको अर्काको घरमा ।” आमाले फेरी भनिन्।
आफनै आगनमा खेल्दा खेल्दै ऊ गोठमा पुग्यो । यता उति हेर्यो । उसले मनेलाई देखेन । ऊ दौडदै भित्र गयो र आमालाई सोध्यो।
आमा! “हाम्रो मने खोई ?”
आमाले भनिन —“बाबु दशैँ आयो नी । घरमा चाहिने सामान ल्याउनु परयो नी । त्यसैले मैले मनेलाई बेचिदिएँ। मासु पाकेको छ । खान आउ ।”
उसले रुँदै भन्यो —“त्यै मनेको मासु होला नी । म मरेपनि खान्न ।” त्यो रात ऊ छटपटिदै मनेलाई सम्झीरहयो।

सारथि बाल पत्रिका

Recent Posts

हिउँदे बिदा भयो

विन्दु पौडेल वस्ती "हिउॅदे बिदा भयो मामाकाँ जाने मन भयो आमा बालाई सोधेको लमजुङ जान…

5 hours ago

फुर्तिलो ज्यान बनाऊ

युगल बसेल सन्धिखर्क -१,अर्घाखाँची, हाल चन्द्रागिरी -११ महिना पुस माघैमा मन तानिन्छ आगैमा जोलाई नि…

5 hours ago

मेरो देश

प्रशन्न तिवारी अष्ट्रेलिया सगरमाथाको शिरले चिरेको गगन प्रकृतिको काखमा वीरहरुको खदान सौन्दर्यताले भरिएको हाम्रो देश…

6 hours ago

माता सरस्वती

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी ज्ञानविद्या सङ्गीतकी माता देवी सरस्वती कला सीप सिर्जनाकाे वर…

6 hours ago

पाटन संग्रहालयमा तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न…

6 hours ago

“रैथाने फल बयर”

  लालबहादुर भुजेल पाउँदी, नाउँदी, किरिञ्चे खहरे, खाेल्सी बगर झलझली सम्झन्छु म थाने फल बयर।…

3 days ago