शुक्रराज कुँवर
धरान १०
राजु झुत्रे झाम्रे लुगा लगाएर बाटोमा एउटा प्लाष्टिकको बट्टा लात्ताले हान्दै हिड्दै थियो। एकाबिहानै उसको बाले चुरोट किनेर ल्याइ दिएन भनेर लात्ताले भकुरेको हुँदा ऊ सडकमा पुगेको थियो। रक्सी खाएर मातेर हल्ला गर्दै घर आउनु अनि आमालाई तथानाम गाली गरेर भकुर्नु राजुको बाको दैनिकी नै थियो।
ऊ बुझ्ने भए देखि नै बाको माया कस्तो हुन्छ उसलाई थाहा थिएन र उसले बुझेको थियो कि सबैका बा त्यस्तै हुन्।
परबाट सुकिला मुकिला लुगा लगाएर उसको साथी दिपेश आउँदै थियो । साथमा उसका बा पनि थिए । उसले बाको हात समाएको थियो। आफूलाई मन परेको विभिन्न कुरा उसले बा सङ्ग किनी माग्यो। उसका हरेक इच्छा पूरा गरेकोमा उसका बा खुसी देखिन्थे।
बाबुको वात्साल्य नपाएको राजु अचम्म मानेर हेरिरह्यो। साथीलाई उसले बोलाएन।
उसले पहिलो चोटि अनुभव गर्यो कि सबैका बा एकैनास हुँदा रहेनछन्।
विन्दु पौडेल वस्ती "हिउॅदे बिदा भयो मामाकाँ जाने मन भयो आमा बालाई सोधेको लमजुङ जान…
युगल बसेल सन्धिखर्क -१,अर्घाखाँची, हाल चन्द्रागिरी -११ महिना पुस माघैमा मन तानिन्छ आगैमा जोलाई नि…
रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी ज्ञानविद्या सङ्गीतकी माता देवी सरस्वती कला सीप सिर्जनाकाे वर…
माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न…
लालबहादुर भुजेल पाउँदी, नाउँदी, किरिञ्चे खहरे, खाेल्सी बगर झलझली सम्झन्छु म थाने फल बयर।…