कृषा गुरुङ
कक्षा : ६
ईशानेश्वर माध्यमिक विद्यालय
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ
ए नानी बाबु हो
एउटा कुरा सुन
सबैलाई सहयोग गर
राम्रो मान्छे हुन
रिसाउनु हुँदैन
हुन्छ हामीलाई हानि
बरू सबलाई माया गर्ने
बसाउनू है बानी
सबै साथीभाइलाई
आफू जस्तै ठान
राम्रा राम्रा कुरा सिकाऊ
देऊ राम्रो ज्ञान
सानालाई माया गर
ठुलालाई आदर
मिहिनेत गर अनि
पूरा गर रहर
आज त छौ सानासाना
भोलि ठुला हुनेछौ
राम्रो मान्छे बनेर
देशको मुहार फेर्नेछौ ।
श्रोत ः नेपाली बालसाहित्य
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…