Categories: Uncategorized

सन्तोषको बदमासी


आरोग्य गिरी
अष्ट्रेलिया

सन्तोष एउटा चञ्चले र जिद्दी केटा थियो । ऊ स्कुलको बिदा भयो कि जहिले पनि समुन्द्रमा पौडी खेल्न जान्थ्यो। उसलाई पढाइमा खासै रुचि थिएन । त्यसैले ऊ धेरैजसो परीक्षामा थोरै नम्बार ल्याउने गर्थ्यो ।
उसकी आमा नर्स, बाबा डाक्टर र दाइ वकिल थिए । तर सन्तोष भने कक्षा ५ मा पढ्थ्यो । उसले आफूले जे चाह्यो त्यही गर्नु पाउँथ्यो । त्यसैले उसले अरुले भनेको कुराहरु प्रायः मान्दैन्थ्यो । पढाइमा पनि ऊ निकै कमजोर थियो ।
तिहारको समय थियो । स्कुलको बिदा पनि परेको थियो । अष्ट्रेलियाको हर्षभिल, काल्र्टनजस्ता नेपाली बस्तीहरू रंगीचंगी बत्ती र फूलहरुले सजिएका थिए । नेपालीका पसलहरूमा तिहारका सबै सामान पाइन्थे । मिठा–मिठा मिठाइ, कपडा, मसला, फलफूल र सेलरोटीको मीठो बास्ना चारैतिर फैलिएको थियो । सन्तोषलाई भने यी सबै कुराहरुको वास्ता थिएन । उसलाई पौडी खेल्न जान मन लाग्यो । उसले सबै साथीहरुलाई पौढी खेल्न जान फोन गर्यो तर सबै साथीहरु तिहारको रमझममा व्यस्त भएकाले उसको फोन कसैले पनि उठाएनन् ।
त्यसपछि सन्तोषले आमासँग भन्यो, “यो पोल्ने घाममा यहाँ यतिकै बसिरहनु भन्दा त म समुन्द्रतिर पौडी खेल्न जान्छु है ?”
आमाले भन्नुभयो, “आज तिहार हो, सबै घरमै बसेर रमाइलो गरिरहेका छन् । हामी पनि सबै जना सँगै बसेर तिहार मनाऔँ ।” तर सन्तोषले मानेन । उसले झर्कदै जवाफ दियो। “यो चर्को घाममा तरतरी पसिना काटेर के को तिहार मनाउने,बरु यो भन्दा त समुन्द्रमा पौडी खेलेर रमाइलो गर्नु नै राम्रो हुन्छ ।”
आमाले नरम हुँदै भन्नुभयो,“बाबु, एक्लै धुम्धुम्ती बसेर कहाँ रमाइलो हुन्छ त ? मैले तिहारको लागि तयार पारेका सामानहरु हेर।
तिमीलाई के सामान थप्न मन लाग्छ भन । रँगोलीहरु कसरी बनाउने भनेर आकार प्रकार सोच र बनाऊ । आफूले गरेको काम राम्रो भएपछि त रमाइलो लागिहाल्छ नि । मिलेर काममा सहयोग गर न । अनि सबैलाई रमाइलो लाग्छ नि।
आमाको यस प्रकारको कुरा सुनेर उसलाई रिस उठ्यो । यी आमा त सधैँ यस्तै मात्र कुराहरु मात्र गर्नु हुन्छ । आफूलाई भने यहाँ कस्तो पौडी खेल्न मन लागि सक्यो । भन्दै ऊ पौडी खेल्ने कपडा लगाएर ढोका ढ्याम्म लगाएर समुन्द्रतिर लाग्यो।
सन्तोष निकै सुन्दर म्यान्ली समुन्द्र किनारमा पुग्यो। समुन्द्र धेरै आकर्षक देखिन्थ्यो। उसले घरबाट ल्याएको सेलरोटी र आलुचिप्स खायो र समुन्द्र हेरिरह्यो।
२–३ बजेतिर समुन्द्रका छालहरू धेरै अग्ला र डरलाग्दा हुन थाले । जीवन रक्षकहरूले सबैलाई सुरक्षित ठाउँमा बस्न भने । तर सन्तोषले उक्त चेतावनीलाई बेवास्ता गर्यो र लुकेर त्यहीँ बस्यो। उसलाई डर लागेन । समुन्द्र केही शान्त भएपछि उल्टै यस्ता छालमा पौडी खेल्न पाए मजा आउने सोच आयो।
कपडा खोलेर ऊ समुन्द्रमा हाम फाल्यो । पौडी खेल्दा–खेल्दै सन्तोष गहिरो भागतिर पुग्यो। पानी चिउँडोसम्म आयो र सास फेर्न गाह्रो हुन थाल्यो। केही मिनेटपछि ऊ डुब्न थाल्यो।
“बचाऊ! बचाऊ!” भनेर चिच्यायो तर वरपर कोही नभएकाले उसले चिच्याएको कसैले सुनेनन्। छालसँग लड्दै गर्दा ऊ निकै थाक्यो तर उसले हार मानेन । उसले निकै प्रयास गरिरह्यो । त्यही बेला उसलाई आमाले भनेका कुरा सम्झना आयो।
“माफ गर्नुहोला आमा, मलाई बचाउन आउनुहोस्,” भन्दै ऊ रुन थाल्यो।
उता, समुन्द्रको वातावरणमा एक्कासी परिवार्तन आएको कुरा थाहा पाएर उसकी आमा धेरै आत्तिनु भयो । उहाँले हतारहतार सन्तोषलाई खोजीदिन जीवनरक्षकसँग अनुरोध गर्नु भयो । सबै मिलेर हेलिकप्टरबाट खोजी गर्न थाले। केही समयपछि सन्तोषलाई  समुन्द्रसँग लड्दै अन्तिम श्वास फेर्दै गर्दाको अवस्थामा भेटियो । रस्सी र मेसिनको सहायताले उसलाई हेलिकप्टरमबाट बाहिर तानियो र ऊ निकै शिल्थिल अवस्थामा भएकाले अस्पताल लगियो।
घर पुगेपछि आमा धेरै रुनु भयो । यो देखेर सन्तोषले आफ्नो ठूलो गल्ती महशुस गर्यो । उसले आमासँग माफी माग्यो।
त्यस दिनदेखि सन्तोष आमाले भनेको कुरा मान्न थाल्यो । उसले पढाइमा पनि ध्यान दिन थाल्यो र परीक्षामा राम्रो अंक ल्याएर ठूलो भएपछि असल मान्छे बन्ने अठोट गर्यो ।

सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

17 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

18 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

18 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago